मेक्सिकोमा पत्रकारको हत्या

१५ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
17 Shares


एजेन्सी –मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको हत्या भएको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको छ । उनको अनुहार सहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो ।

रिपोर्टर्स विदाउट बोर्डर्सले सञ्चार माध्यमका लागि मेक्सिको, सिरिया र अफगानिस्तानलाई विश्वमै सबैभन्दा खतरनाक मानेको छ । हत्या गरिएका पत्रकार रोजेलियो उक्त पोर्टलमा दश वर्षदेखि कार्यरत हुनुहुन्थ्यो ।मेक्सिकोमा यसै वर्ष रोजेलियो समेत सात जना पत्रकारको हत्या भइसकेको छ । सन् २००० यता मात्र मेक्सिकोमा १०० भन्दा बढी पत्रकारको हत्या भएको आरएसएफले जनाएको छ । यी अधिकांश हत्या लागूऔषध तस्करी र राजनीतिक भ्रष्टाचारसँग जोडिएका छन् ।मेक्सिकोमा अधिकांश हत्याको स्वतन्त्र र बलियो अनुसन्धान नहुने तथा दोषीमाथि कुनै कारबाही हुने गरेको छैन ।गत महिना पत्रकार नोर्मा साराबियाको दक्षिणपूर्वी राज्य टाबास्कोमा गोली हानी हत्या गरिएको थियो । मे महिनामै मेक्सिकोको क्यारेबियन तटीय शहरमा संवाददाता फ्रान्सिस्को रोमेरोको हत्या भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया