योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधामन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगेश भट्टराईले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन् ।

भट्टराईको सपथ बुधबार अपराह्न ४ बजे नै हुन लागेको हो । युवा नेता भट्टराई निकट स्रोतले पनि उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिन लागिएको बारे जानकारी आएको जनाएको छ । ‘उहाँ (भट्टराई)लाई ४ बजे सपथ छ भनिएको छ,’ नेता भट्टराई निकट स्रोतले खबरहबसँग भन्यो ।
गत फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।