डुबेर दाजुबहिनीसहित तीनको मृत्यु

प्रकाशित मिति:

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकामा एक घरका दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका-९ डुमरियामा इँटाभट्टाको पोखरीमा डुबेर ११ वर्षीय अनिस साह र ८ वर्षीया कल्पना साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

सर्लाहीको हरीपुर नगरपालिका-४ का संजय साहका छोराछोरीको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। इँटाभट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न गएका दाजुबहिनीको मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन्। बुधबार विप्लव समूहको बन्दको कारण शैक्षिक संस्था नखुलेपछि ती बालबालिका खेल्न गएको स्थानीयले बताए। मृतक बालबालिकाको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। यसैगरी गरी केही दिन अघि पनि चन्द्रपु नगरपालिकाकै ६ बेल्डीका ९ वर्षीय वीराज पहरीको पनि नहरमा डुबेर मृत्यु भएको थियो। स्थानीय गोविन्द पहरीको छोरा वीराज नहरमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।