उमादेवी खनालको तिजको अवसरमा गित “ मस्ती बनायो ” सार्वजनिक

प्रकाशित मिति:

कावासोती १५ असार । नेपाली लोक दोहरी छेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका उमादेवी खनालको तिजको अवसरमा गित “ मस्ती बनायो ” सार्वजनिक भएको छ । नवलपुर कावासितीकी चेली खनालको उक्त गितलाई प्रभु लम्सालले लेख्नु भएको छ भने त्यस्मा लय र स्वर उमादेबी खनालको रहेको छ । गीतमा रिना थापा,प्रभु लम्साल र कृति थापाको अभिनय रहेको छ। उक्त गीत आलाप स्टुडियोको युटुब च्यानल मार्फत बजारमा आएको छ। यस अघि खनालले गाएका थुप्रै तीज गीत तथा दोहोरी गीत निकै नै चर्चित छन्।