धार्मिक पर्यटनको प्रवद्धनमा बोलबम

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल स्याङ्जा—१५ श्रावण – एक दशक भन्दा अगाडी देखि वालिङ बोलबम समितिले शान्तिका लागि बोलबम यात्रा शुभारम्भ गर्दै आएको छ । हरेक श्रावण महिनामा नेपालका विभिन्न धार्मिक स्थलमा पुगेर कालीगण्डकीको जल चढाउदै आएको बोलबम समितिले यो पटक भने धार्मिक प्रवद्धनका लागि मनाङ्को तिलिचो ताल पुग्ने भएका छन् । सरकारले बर्ष २०२० लाई पर्यटन घोषणा गरे सगै वालिङ बोलबम समितिले यो पटक धार्मिक पर्यटनप्रवद्धन गर्ने उदेश्यले धार्मिक यात्रा तय गरेको बोलबम समितिका अध्यक्ष दिपेनद्र तिवारीले जानकारी दिए । श्रावण १९ गते देखि शुरु हुने यात्रा नेपाकै अग्लो ताल तिलिचो पुग्ने छ । तिवारीका अनुसार तनहुँको इसानेश्वर महादेव मन्दिरमा कालीगण्डकीको जल चढाएर पर्यटन प्रवद्धन गर्ने उदेश्यले तिलीचो ताल हेरेर समिति फर्कने बताए । हरेक बर्ष शान्तिका लागि बोलबम भन्ने नारा तय गरेर धार्मिक क्षेत्रको दर्शन गर्ने गरेका थियौ समितिका अध्यक्ष तिवारीले भने,“ यो पटकको हाम्रो यात्रा शान्ति सगै पर्यटन प्रवद्धनलाई जोड दिएका छौं ।”सरकारले २०२० लाई पर्यटनबर्ष घोषणालाई हाम्रो धार्मिक यात्राले पनि सघाउ पुग्ने विश्वास लिएका छौं तिवारीले भने ।

समितिले यात्राको समय तालिका समेत सार्वजनिक गरेको छ । १९ गते देखि यात्रा शुरु गरेर २० गते तनहुँको इसानेश्वर महादेव मन्दिरको दर्शन बेसीशहरमा बास बस्ने, बेसी शहरबाट मनाङ्को खाङ्सारमा बास बस्ने र २२ गते बेस क्याम्पमा पुगेर बास बस्ने गरी २३ गते तिलिचो ताल पुग्ने समय तालिका सार्वजनिक गरेको यात्रा संयोजक युवराज गौतमले जानकारी दिए । यात्रामा कुनै कठिनाईमा समस्या नआउने गरी सबै व्यवस्थापन मिलाएको गौतमले जानकारी दिए । स्याङ्जाका धार्मिक स्थलहरुको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वासका साथ वालिङ बोलबम समितिले आयोजना गरेको बोलबम यात्रालाई छुट्टै तवरले हेरिएको छ । एउटै पोषाकमा करिव ८० जना बोलबम युवाहरुको सहभागिता हुने समितिका सचिव अशोक तिवारीले जानकारी दिए । २०६१ सालबाट बोलबम समितिले हरेक श्रावण महिनामा मुलुकका हरेक धार्मिक स्थल पुग्दै आएका छन् । पहिलो मुक्तिनाथ बाट यात्रा शुरु गरेको समितिको यो १४ औं संस्करणको यात्रा हो ।