सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति:

काठमाडौँ –बुधबार नेपली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार बुधबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । महासंघले फाइन गुणस्तरको सूनको मूल्य ६५ हजार ४ सय रुपैयाँ तोकेको छ ।

तयस्तै तेजावी सुनको कारोबार ६५ हजार १ सय रुपैयाँमा भएको छ । चाँदी पनि तोलामा ५ रुपैयाँले वृद्धि भई ७ सय ८० रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्य उच्च रहेको छ ।