गगनले योगेशलाई भने : तपाईंको सफलतासँग हाम्रो पुस्ताको विश्वास जोडिएको छ

प्रकाशित मिति:

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का युवा नेता योगेश भट्टराईलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले बधाइ दिएका छन्। बुधबार ४ बजे राष्ट्रपति निवास सितल निवासमा नेता भट्टराईले सपथग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता थापाले मन्त्री भट्टराईलाई बधाइ दिएका हुन्। बधाइ तथा सफलताको शुभकामना व्यक्त गर्दै नेता थापाले मन्त्री भट्टराईको सफलतासँग नेकपाको मात्र नभएर युवा पुस्ताका राजनीतिकर्मीहरूको आशा र विश्वार जोडिएको बताएका छन्।

‘योगेश भट्टराई दाइ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईंको सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिकाे आशा र विश्वाससँग जाेडिएकाे छ। मुरी मुरी शुभकामना’, नेता थापाले फेसबुकमा लेखेका छन्। यस्तो छ गगन थापाको फेसबुक स्टाटस :