लाफा समुहद्रारा दुई जना बिरामीलाइ आर्थिक सहयोग

प्रकाशित मिति:

दिनेश कुमार श्रेष्ठ – १५ साउन, बुटवल । रुपन्देहीमा खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुहले दुई जना बिरामीलाई ४४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । त्यस्तै स्याङ्गजा घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका लाफा समुहका सक्रिय सदस्य प्रदिप श्रेष्ठको ५ बर्षिय छोरी आयुष्मा श्रेष्ठलाई बिगत दुई वर्ष देखि ब्लड क्यान्सर भएको छ । बालिकाको थप उपचारको लागि समुहको तर्फबाट २२ हजार रुपैया सहयोग गरेको क्लबका संरक्षक बासुदेब लामिछानेले बताए । उनले बालिकाको थप उपचारका लागि आर्थिक सहयोग जुटाइदिन आग्रह गरे

साथै पाल्पा रामपुर घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका समुहका सदस्य २८ बर्षिय रेम बहादुर ठकुरीलाई पनि समुहले नगद २२ हजार सहयोग गरेको छ । ठकुरी वैदेशिक रोजगारको लागि साउदि अरब र कतार गएका थिए । कतारमा रहदा नै उनि बिरामी भएपछि कम्पनीले उनलाई डेढ बर्ष अगाडी नेपाल पठाएको थियो । नेपाल आएर चेक गर्दा दुबै मृगौला फेल भइ सकेको ठकुरी सुनाउछन । उनले भने “घरमा स साना दुई छोरी र श्रीमति छिन उनिहरुलाई कमाएर खुवाउने बेलामा मेरो यस्तो हालत छ विदेशमा अलि अलि कमाएको पैसा पनि सबै उपचारमा सकियो मृगौला दिने कोहि भेटिएको छैन हप्ताको एक पटक डाइलाइसेस गर्नुपर्छ भएको सबै सकियो आफन्त र साथिभाईहरुको सहयोगले अहिले सम्म डाइलाइसिस गरेको छु” ।

उनले थपे “सधै उहि साथिहरुले कति सहयोग गर्न सक्छन र ? त्यसैले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालिहरुमा सानो आर्थिक सहयोग माग्दछु हजुरहरुको सानो सहयोगले मेरो परिवारमा रहेको ४ जनाको उद्धार हुनेछ” । समुहले विभिन्न समयमा यस्तै आर्थिक अबस्था कमजोर भएका बिरामी र निहरुको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समुहका अध्यक्ष तारासिंह रेश्मीले बताए । समुहले विभिन्न सामाजिक काम गर्दै आएको छ भने बर्षमा दुई पटक रक्तदान गर्ने गरेको छ । समुहले खेलकुदको क्षेत्रमा भलिबल, फुटवल र विषेश गरी ब्याडमिन्टनका ६० जना खेलाडीहरुलाइ तालिम दिदै अएको छ । समुहमा ८० जना सदस्यहरु रहेका छन ।

थप समाचार