लन टेनिस खेलाडी भिष्मलाइ बिदाइ

प्रकाशित मिति:

बुटवल –रुपन्देहीका लन टेनिस खेलाडी भिष्म काउचालाइ बुटवल लन टेनिस क्लब तथा रुपन्देही लन टेनिस सघंले बिदाइ गरेको छ । बुधबार लन टेनिस कोर्ट देबिनगरमा आयोजीत एक कार्यक्रममा नेपालमा हुने १३ औ दक्षीण एसियाली खेलकुद सागको लन टेनिस अन्र्तररगत साउन १६ गतेदेखी शुरु हुने बन्द प्रशिक्षणका लागी काठमाण्डौ जान लागेका भिष्मलाइ बिदाइ गरिएको होे ।

बुटवल लन टेनिस क्लब तथा रुपन्देही लन टेनिस सघंद्धारा सयुक्त रुपमा आयोजीत बिदाइ कार्यक्रममा सम्मान सहित बिदाइ गरिएको क्लबका अध्यक्ष तथा सघंका सचिब गोपाल ज्ञवालीले बताए । लन टेनिसमा प्रदेश पाचका सर्वोउत्कृष्ट खेलाडी काउचा आठौ राष्ट्रिय खेलकुद अन्र्तरगत क्वाटरफाइनलमा प्रवेश गरेका थिए । कार्यक्रममा रुपन्देही लन टेनिस सघंका उपाध्यक्ष मनोज बस्नेत, अर्जुन गुरुङ ,गोपाल ज्ञवाली लगायतले बोल्दै राम्रो नतिजाका लागी शुभकामना दिएका थिए । कार्यक्रममा बुटवल लन टेनिस क्लब र रुपन्देही लन टेनिस सघंका बिभिन्न खेलाडीहरुको सहभागीता रहेको थियो ।