एनआरएनको सचिव पदमा उठ्दै नर्थ अमेरिकाका क्षेत्रीय संयोजक जोशी

प्रकाशित मिति:

गैह्र आवासीय नेपाली संघ(एनआरएन)को काठमाडौ हुन लागेको विश्व सम्मेलनमा सचिव पदमा गौरीराज जोशी उठ्ने भएका छन्। नर्थ अमेरिकाका क्षेत्रीय संयोजक रहेका जोशी एनआरएनमा लोकप्रिय व्यक्ति हुन्। जोशी लमजुङ पुर्ख्यौली घर भयका चितवन निवासि लामो समयदेखि अमेरिका बस्दै आएको छन्।एनआरएन विभिन्न मुलुकमा रहेका ,फरकफरक सोच र विचार बोक्नेहरुको साझा थलो भएकोले सबैलाई सम्मानजनक रुपमा समेटेर एनआरएनलाई स्थिर ढंगले अगाडी लैजाने जोशीले बताए।जोशी एनआरएन अभियान्ता पनि हुन्।एनआरएनको नवौं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुदै छ।