वडा कार्यालयमा आगजनी, विप्लवका २ कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

रौतहट – रौतहटको वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहका चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुर टेकान टोलका स्थानीय मानबहादुर वाइवा र रामबहादुर घिसिङ रहेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ टेकानटोलस्थित घरमा खानतलासी गर्दो एक थान स्वचालित पेस्तोल, एक थान नलकटुवा पेस्तोल र १० राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । हिंसात्मक गतिविधि सञ्चालन गरेको दावी गर्दे पैहरीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।