नेपाल सघिय समाजवादी पार्टि द्वारा हाजीहरुलाई बिदाई तथा शुभकामना

प्रकाशित मिति:

इमरान खान-काठमाडौ/ नेपाल सघिय समाजवादी पार्टि का केन्द्रिय अध्यक्ष एवम पुर्ब गृह राज्य मान्त्रि रिजवान अन्सारी दोवारा हिजो हाजीहरुलाई बिदाई तथा शुभकामना दिएका छन । बिगतका दिन देखि अहिलेको दिनमा हाजीहरुको बिश्वब्यापी प्रर्दशनीको रुपमा नेपालमा देखा परेकोले र बिश्वमा नेपाललाई चिनाउने सिरमा टोपी र टोपीमा नेपालको झन्डा लगाएर साउदीको मक्का मदिनामा पुग्नु भएका सम्पुर्ण हाजीहरु लाई अल बर्कात एजुकेशनल वेलफेयर सोसाईटीका केन्द्रिय अध्यक्ष अहमद हुसैन रजवीले पनि शुभकामना दिएका छन ।

त्यसतै पुर्ब गृह राज्य मान्त्रि रिजवान अन्सारी का अनुसार हज समितिका अध्यक्ष शमशेर मियाँ ज्युले अति नै महेनत गरी सम्पुर्ण हाजीहरुको सेवामा समर्पित रहेकाले उहाँ र हज समितिका सदस्य ज्युहरुमा पनि नेपाल सघिय समाजवादी पार्टि दोवारा तथा ब्यक्तिगत तर्फबाट उहाँहरुलाई बिशेष धन्यबाद दिएका छन । हाजीहरुलाई अझै सहज तरीका राम्रो ब्यवस्थापन तथा हज हाउस समेत बनाउने हज गर्नका लागी आफु सित हुनुपर्ने सम्पुर्ण सहयोग पार्टिको तर्फबाट तथा आफनो ब्यक्तिगत तर्फबाट आफुले पहल गर्ने समेत पुर्ब गृह राज्य मान्त्रि रिजवान अन्सारीले प्रतिबद्घता जनाएका छन ।