नेविसंघले शिक्षमन्त्रिलाई दियो चेतावनी सहितको ज्ञापन पत्र

१६ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
19 Shares


बुटवल –शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क विरुद्ध नेविसंघ चरणबद्ध आन्दोलनमा छ । आन्दोलनकै क्रममा निजि शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क विरुद्ध एघार बुँदे ज्ञापन पत्र शिक्षा मन्त्रिलाई बुझाएर शिक्षण संस्था सुधारको लागि माग गरेको छ । भरखर गरिएको ११ र १२ कक्षाको भर्नाको क्रममा कलेजहरुले चर्को शुल्क असुलेको भन्दै चौतर्फि आलोचना भइरहेको वेला नेविसंघले उक्त कदम उठाएको हो । ज्ञापन पत्र देखि सडक आन्दोलन सम्म जाने नेविसंघले जनाएको छ ।

विद्यालय तह देखिनै विश्वविद्यालयहरु सम्मको सरकारी शिक्षा धरासायी बन्दै जानु अर्को तर्फ निजि शिक्षण संस्थाहरुले अभिभावकको ढाड सेक्ने गरि शुल्क असुल्दै जानुले समाजलाई भ्रष्टिकरण गरेको भन्दै नेविसंघ आन्दोलनमा उत्रिएको हो । आन्दोलनको संयोजन कर्ता नेविसंघका नेता मोतिलाल भण्डारीको नेतृत्वमा शिक्षण संस्थाको बेथिति नरोकिए सम्म कडा आन्दोलन गर्ने सरकारलाई चेतावनी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया