काधमा राखेर शुरु गरेको ब्यापार भाटभटेनीसम्म 

प्रकाशित मिति:

दिपक न्यौपाने – बिस २०१८ साल पारी बुटवलको गढिटोलमा काधमा बोकेर फुल्कि बेच्थे जमुना बनियाले । आज उनी बितेको झन्डै १६ बर्ष भैसक्यो । उनैले शुरु गरेको ठाउ नजिकै तिनाउ खोलामा धेरै पानी बगीसक्यो तर जमुनाले काधमा राखेर शुरु गरेको ब्यापार आजपनी बुटवलमा उत्तिकै चर्चित छ । उनीसगै उनका जेठा छोरा ओमप्रकाश बनियाले बुवाले शुरु गरेको ब्यापारलाइ मज्जाले फस्टाइरहेका छन ।  पारी बुटवलमा लामोसमयसम्म ठेलामा नै फुल्कि र चाट बेचेका उनी आज बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटभित्र आफ्नो ब्यापार फस्टाउन सफल भएका छन ।  यहि ब्यबसायबाट ५ छोरीहरुलाइ राम्रो शिक्षादिक्षा दिन सफल बनिया आफ्नो बुवाले शुरु गरेको ब्यबसायलाइ निरन्तरता दिन पाउदा औधी खुसी भएको बताए ।  फुल्कि र चाट मन पराउनेहरुका लागी उनले तयार गरेको परिकार बुटवलमा नखाने सायदै होलान ।  हामीले हाम्रो ब्यबसायलाइ यती लामोसमयसम्म निरन्तरता दिनु नै सफलता हो जस्तो लाग्छ, एकाबिहानै आफ्नै घर पारी बुटवलमा चाटको मसला कुट्दै गर्दा भेटिएका बनियाले भने – हाम्रो बिशेषता भनेकै आफ्नै घरमा तयार गरेको मसला प्रयोग गर्नु हो । जसले गर्दा फुल्कि ,चाट ,दहिबडा खानका लागी प्रकाश चाट सेन्टरमा आउनेको सङख्या बढिरहन्छ । ”

हिजो १० पैसा, आज ५० रुपैया …………. २०३०,३१ साल तिर ओमप्रकाशलाइ याद छ – १० पैसामा ३ वटा फुल्कि बेचेको । त्यो भन्दा अगाडी बुवाले आधासस्तोमा बेच्ने गरेको उनी बताउछन । समयको परिवर्तन सगै आज एक प्लेटको ५० रुपैयामा बेचीरहेका छौ ,बनियाले अगाडी थपे – २०७४ सालबाट भाटभटेनी सुपर मार्केट भित्र बेच्न थालेपछी ग्राहकको सङख्या पनी बढ्दै गएका छन । ”  यीनैले बनाएको फुल्कि खाने सिद्धार्थ गुरुङले पहिलोपटक भाटभटेनी भित्र फुल्किको ब्यापार गर्न अफर गरेका थिए । त्यसैले त अहिले भाटभटेनीमा सपिङ गर्न मात्र होइन फुल्कि र चाट खानकै लागी हुइकिनेहरु पनी प्रशस्तै भेटिन्छन ।  बुटवलमा धेरै ब्यापारी थिए । तर उहाहरुले मलाइ नै रोज्नुभयो , हसिलो अनुहारमा प्रस्तुत भैरहने बनीयाले भने – सबैभन्दा पुरानो र सबैले हाम्रो स्वाद मन पराएकै कारण साघुरो ठाउबाट फराकीलो ठाउमा आउन सफल भएका छौ ।  उनले हाल फुल्कि चाट र दहिबडालाइ प्रती प्लेट ५० रुपैयामा बेचिरहेकाछन । २ बर्षअगाडीसम्म पारी बुटवलको आफ्नै घरबाट ब्यापार गरेका ओमप्रकाश ब्यबसायमा निरन्तरता भएको खण्डमा सफल हुने बताउछन ।  रुपन्देहीमा मात्र ठेला र पसल गरी १००० भन्दा चाट पसल रहेको छन । अझ बुटवलमा मात्रै यसको सङख्या २ सयभन्दा बढी छ । उनी रुपन्देहीमा यो ब्यबसायका सबैभन्दा पुराना र निरन्तरता दिएका ब्यबसायी हुन ।

कोहि नर्सिङको तयारी गर्दै ,कोही फार्मेशी पढ्दै …………………….. २०४८ सालदेखी बुवा सगै चाट पसलमा काम गरेका ओमप्रकाश त्यसयता पछाडी फर्केका छैनन । चाहे गर्मि,चाहे बर्खा, चाहे जाडो जस्तो मौसम र परिस्थितीमा समेत उनका बुवा र उनले आफ्नो ब्यबसायलाइ छोडेनन । ५० बर्षको हारहारीमा आउदापनी उनी त्यती थकित देखिदैनन । त्यसैले त उनको मिहेनतले आफ्ना छोरीहरुलाइ राम्रो शिक्षा दिएका छन ।  एसएलसी पास ओमप्रकाश जेठी छोरी कन्चनलाइ फार्मेसी पढाएका छन । माइली छोरी स्वेतालाइ बिएस.सी नर्सिङको तयारी गराइरहेका छन भने साइली छोरी सन्जना अक्सफोर्ड कलेजमा म्यानेजमेन्ट बिषय लिएर प्लस टु गर्दैछिन । अन्य दुइ छोरी नजिकैको बोर्डीङ स्कुलमा अध्ययन गरिरहेका छन । सबैभन्दा ठुलो कुरा उनको ब्यबसायलाइ बुवाको निधनपछी श्रीमती चन्द्रमतीले खुबै साथ दिइन । छोरीहरु हुर्काउदै ब्यबसायमा लाग्नु चन्द्रमतीलाइ त्यती सहज थिएन तैपनी आफ्नो पुरानो पेशालाइ श्रीमतीले साथ दिएकोमा ओमप्रकाश प्रसन्न छन । बुवाले असाध्धै मेहेनत गर्नुहुन्छ , जेठी छोरी कन्चन भन्छिन – आज मलाइ पनी कहि कतै साथीहरुमा कुरा भयो भने प्रकाश चाट तपाइहरुको हो भनेर सोध्दा खुसी लाग्छ । ”

र लाहुर जाने सोच आएन ………………… सानैदेखी ब्यबसायमा बुवासग लागेका ओमप्रकाश सानोतिनो भएपनी चलीरहेको ब्यबसाय छोडेर पलायन हुने सोच बनाएनन । उनका भाइ यो पेशामा नआएपनी निरन्तरको लगाबका कारण उनी सफल छन । अब त चाहेर पनी उनी अर्को पेशा सोच्नै सक्दैनन । उनी दैनीक १० देखी २० हजारसम्म ब्यापार गर्छन । सबै खर्च कटाएर आधा लाखभन्दा बढी बच्छ, बनिया भन्छन – मैले पैसा त त्यती धेरै कमाइन तर यो पेशाबाट प्रशस्त सन्तुष्टि पाएको छु । सबैले प्रकाश चाट मिठो छ भन्दा झनै उर्जा आउछ । ” उनले पारी बुटवलमै यहि ब्यबसायबाट २ तले घर जोडेका छन । त्यो भन्दा ठुलो सम्पत्ति त छोरीहरुलाइ उच्च शिक्षाका लागी खर्च गरीरहेका छन । आज बिदेश गएको भए उतै हराउथे होला तर यो सन्तुष्टि हुदैन्थ्यो ,कुराकानीको अन्तिमका ओमप्रकाशले भने – जे गर्नु छ आफ्नै देशमा गर्नुपर्छ ।” (दैनीक लुम्बिनीबाट )