नगरप्रमुख द्वारा राज्य कोषको सुविधा विद्यालयलाई हस्तान्त्रण

प्रकाशित मिति:

अर्घाखाँची/

सितगङ्गा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारिले आफुले ५ बर्ष सम्म नगरपालिका बाट राज्यले उपलब्ध गराउने पारिश्रमिक बापतको रकम सितगङ्गा नगरपालिका भित्रका १२ माध्यमिक विद्यालयहरुको शैक्षिक सुधारका लागि उपलब्ध गराउने प्रतिवद्धता अनुसार । रकम हस्तान्त्रण गरेकाछन् ।

उनले एक समारोहका विच नगरपालिकाको वार्ड नम्वर १४ मा रहेको पावरा माध्यमिक विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।सो विद्यालय को शैक्षिक सुधारका लागि आफुले राज्यकोषबाट पाउने पारिश्रमिक पावरा माध्यमिक विद्यालय लाई हस्तान्तरण गर्न पाउँदा आफु निकै हर्षित रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयका प्रअ लाई वार्ड नम्बर १४ का अध्यक्ष दामोदर न्यौपाने सहित स्थानीय बासिको रोहवरमा चेक हस्तान्तरण गरिएको थियो । साथै उनले नेपाल को भौगोलिक रुपमा सबैभन्दा ठूलो नगरपालिका ले नमुना काम गरिरहेकाले सहयोग गर्न नगरबासिलाई आग्रह गरे । (अर्घाखाँचीबाट पत्रकार सुर्य प्रसाद भुसालको सहयोगमा )