कार्यालयमै पत्रकार दाहालमाथि हातपात, मोडेल अस्पतालमा उपचार हुदै

प्रकाशित मिति:

काठमाडौं । पत्रकार प्रकाशचन्द्र दाहालमाथि सांघातिक आक्रमण भएको छ । सञ्चारखबर अनलाइनका सम्पादक एवं युट्युव च्यानल युथ अरोमाका सञ्चालक दाहाललाई बागबजारस्थित कार्यालयमा पुगेका ४–५ जनाको अराजक झुण्डले कुटपिट गरेको हो ।

अराजक झुण्डले पत्रकार दाहाललाई ‘यही हो’ भन्दै कुटपिट गरी भागेका हुन् । उनीहरुले पत्रकार दाहाललाई हेल्मेट समेतले प्रहार गरेका छन् । घाइते पत्रकार दाहालको प्रदर्शनी मार्गस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रेस युनियनका पार्षद समेत रहेका दाहालमाथिको आक्रमणको प्रेस युनियन काठमाडौं शाखाले भत्र्सना गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न युनियनले माग गरेको छ ।