डेनमार्क पुगेर डा. कोइरालाले भने‘ म कुनै गुट, उपगुटमा छैन’

प्रकाशित मिति:

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको संगठन बिस्तार गर्दै पार्टीलाई एकढिक्का बनाउनु आफ्नो एकमात्र उद्धेश्य रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति डेनमार्कद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले अहिलेको अबस्थामा कांग्रेस एकढिक्का भएमात्र लोकतन्त्रको संस्थागत विकास हुने उल्लेख गरे।

उनले गुटउपगुटका कारण पार्टी कमजोर भएको भन्दै आफू त्यस्तो कुनै गुट उपगुटमा नरहेको दाबी गरे। देश, विदेशमा रहेका कार्यकर्ताका कुरा सुनेपछि मात्र आफूले धारणा बनाउने उनको भनाई थियो।कार्यक्रममा नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बीरेन्दै सिंह कार्की, जनसम्पर्क समिति डेनमार्क संथापक सभापति नविनराज पौडेल, पुर्व सभापति त्रिलोचन सापकोटा, रामचन्द्र पाठक, नबिन आचार्य, पुर्ब उपसभापति प्रकाश ढकाल, महामन्त्री यादब बस्नेत, महासमिति सदस्य बुद्धि सापकोटा, नील बिक्रम थापा, शैलु अधिकारी, हेम अर्याल, प्रतिक सुब्बा लगायतले आफ्नो धारणा राखेका थिए।स्पेसखवरवाट