ॐ कस्ता व्यक्ति सदा सुखी रहन्छन् ? हेर्नुहोस्

१७ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
4K Shares


जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदस्खेषु तथा मानापमानयोः ।।–गीता त्यो व्यक्ति जसले आफ्नो मनमाथि विजय प्राप्त गरेको छ, जसको लागि ताप र शीतलता, सुख–दुःख, मान र अपमान बराबर छ उसको हृदयमा परमात्मा स्थिर रहन्छन् । अर्थात् ऊ हरपल शान्त रहन्छ ।

मनमाथि विजय प्राप्त गर्ने व्यक्ति नै जीवनमा सुख रहन सक्छ । जसका निम्ति सुख दुःख, मान अपमान समान रहनुपर्छ । दुःखमा आत्तिने र सुखमा मात्तिने मान्छे कहिल्यै सुखी रहन सक्दैनन् । धन सुखको कारण होइन । धनले राम्रो ओछ्यान त मिल्छ तर मीठो निद्रा प्राप्त हुन सक्दैन । जीवनमा सुख प्राप्तिका निम्ति समभाव नै आवश्यकता पर्दछ । जसका निम्ति मनलाई जित्न नै सक्नु पर्दछ । अतः मन जित्ने मान्छे नै जीवनमा सुखी रहनुक्छ भन्ने नीति वचन मननीय छ । —नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्—

फेसबुकबाट तपाईको प्रतिक्रिया