सडक खन्ने क्रममा पहाड भासिँदा स्काभेटरसहित चालक पुरिए

प्रकाशित मिति:

गोरखा – गोरखामा सडक खन्ने क्रममा पहाड भासिदा एक्साभेटरसहित चालक पुरिएका छन् ।

सिरानचोक गाउँपालिका १ केराबारीमा सडक खन्ने क्रममा एक्साभेटर चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका १३ का २० वर्षीय रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ । एक्साभेटरसहित चालक पुरिएको स्थान सडक भन्दा करिव ४० मिटर तल भएकाले उद्धारमा कठिनाइ भइरहेको छ । प्रहरी र स्थानीयको पहलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।