नख्खु कारागारमा कैदीबीच हानाहान, एकको मृत्यु

१७ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
22 Shares

प्रतिकात्मक तस्वीर

काठमाडौँ –ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा कैदी बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको छ । शुक्रबार दिउँसो जेलमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजी र सर्लाहीका पवनकुमार महतोबीच झगडा परेको थियो ।

सोही क्रममा सर्लाहीका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गर्दा राजीको मृत्यु भएको जनाइएको छ । ब्लकले प्रहार गर्दा घाइते भएका राजीलाई वीर हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल पुर्‍याउन नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुई जनाबीच जेलभित्रै झगडा भएको र सोही क्रममा ढुंगा प्रहार गरेका कारण राजीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस