सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौती

प्रकाशित मिति:

सैनामैना-सैनामैना शहिद नारायण पोख्रेल रामापुर क्याम्पस सैनामैना ६ को आयोजनामा सैनामैनामा “उच्च शिक्षाको अवसर र चुनौती” बिषयके अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ अन्तरक्रियामा सहभागी अधिकाश सहभागिहरुले सैनामैनामा उच्च शिक्षाको अवसर र त्यसका चुनौतिका बिषयमा बोलेका थिए भने सैनामैनामा प्रबिधिक शिक्षा संचालन गर्नु पर्नेमा समेत जोड दिएका थिए । सैनामैनामा उच्च शिक्षाको अवसर र चुनौती बिषयक कार्यक्रममा क्याम्पसका प्राध्यापक दिनेश पन्थीले शहिद नारायण पोख्रेल रामापुर क्याम्पसको अवस्था र आगामी योजना प्रस्तुत गरेका थिए ।

शहिद नारायण पोख्रेल रामापुर क्याम्पसलाई राष्ट्रिय स्तरकै एक उष्कृत शैक्षिक संस्थाको रुपमा बिकास गर्दै लैजाने योजना समेत रहेको बताईएको थियो । निकट भबिष्यमा त्तब्ब् सम्बन्धन प्राप्त गर्ने प्रक्रिया रहेको समेत बताईएको थियो । सैनामैनालाई शैक्षिक हवको रुपमा बिकास गर्न सबै सरोकारवाला लाग्नु पर्ने सैनामैना नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रत्न बहादुर पौडेलले बताएका छन । सैनामैनालाई शैक्षिक हवको रुपमा बिकास गर्न सबै जनप्रतिनिधि, शैक्षिक संस्था, बुद्धिजिवी,समाजसेबी, अभिभावक सबैले अहम भुमिका खेल्नु पर्ने र सैनामैनामा अवको शिक्षा कस्तो खालको बनाउने भन्ने बारे सैनामैनामा लामो समय देखि शिक्षा क्षेत्रमा अहम भुमिका खेल्दै आएका शिक्षा प्रेमी र सरोकारहरुले सुझाव दिनु पर्ने कार्यबाहक नगर प्रमुख आग्रह गरेका थिए ।

यस्तै सैनामैनाको शैक्षिक गुणस्तर बृद्धि गर्न नगरपालिकाले बिभिन्न योजना बनाई रहेको सैनामैनाका शिक्षा शाखाका प्रमुख हेमराज अर्यालले बताए । सैनामैनाका सामुदायिक बिधालयलाई प्रबिधि मैत्री बनाउन प्रशस्त मात्रमा सुचना प्रबिधि सामाग्रीहरु बिधालयलाई उपलब्ध गराईएको शिक्षा शाखाकका अर्यालले बताएका थिए । कार्यक्रममा स्वागत मन्तब्य राख्दै क्याम्पस प्रमुख यदुनाथ पन्थले शैक्षिक गुणस्तरमा बिशेष ध्यान दिएकको र क्याम्पसलाई अझ सुबिधा सम्पन्न र प्राबिधिक बिषय थप गर्ने बिषयमा बिभिन्न पक्षसंग छलफल र सहकार्य भई रहेको बताउदै पन्थले त्तब्ब् सम्बन्धन प्राप्त गर्ने प्रक्रियाको ९० प्रतिशत काम भईसकेको समेत जानकारी गराएकका थिए । सबैको साथ र सहयोगले शहिद नारायण पोख्रेल रामापुर क्याम्पस यहासम्म आउन सफल भएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष डिल्ली नारायण ज्ञवालीले बताएका छन । यस क्याम्पसलाई अझ थप उचाईमा पुर्याउन सबैको सल्लाह, सुझाव र सहयोगको खाचो रहेकको समेत बताएका थिए । छलफल कार्यक्रममा सैनामैना ,कचन र पाल्पा जिल्लाका बिधालयका प्रधानाध्यापक, क्याम्पसका प्रधायापक, क्याम्पस ब्यवस्थापन समिति ,नगरपालिका पत्रकार लगायतको सहभागीतामा रहेको अन्तरक्रिया कार्यक्रमको संचालन क्याम्पसका प्रशासकीय अधिकृत हेमन्त थापाले गरेका थिए ।