३३ किलो सुन प्रकरणमा सर्वोच्चद्वारा उच्च अदालतको फैसला सदर

प्रकाशित मिति:

काठमाडौं । ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई सर्वोच्च अदालतले धरौटी र साधारण तारिखमा छाडेको छ। उच्च अदालत विराटनगरले फैसला गरेको धरौटी आदेशलाई सदर गर्दै सर्वोच्च अदालतले निर्णय सुनाएको हो । धरौटी रकम मागेका अभियुक्तहरुले उच्च अदालत विराटनगरमा मुद्दाको पुर्पपक्षका लागि साधारण तारिखमा बस्न पाउनुपर्ने मागसहित छुट्टै निवेदन दिएका थिए। सुन प्रकरणमा मुछिएका व्यवसायी महावीर गोल्यानलाई १० लाख रुपैयाँ धरौटी रकम तोकेको छ। ३३ किलो सुन प्रकरणमा विराटनगर उच्च अदालतका सात न्यायाधीशमाथि न्यायपरिषद्ले छानबिनसमेत गरेको थियो।