श्रीमद्भागवद् गीतामा आत्माको महत्व

प्रकाशित मिति:

गीता सर्वशास्त्रमयी हो । यो उपनिषद्हरुको सारतत्व हो । ब्रम्हविद्या हो । यसका वक्ता अद्वैतस्वरुप भगवान श्रीकृष्ण श्रोता हुनुहुन्छ । मुमुक्षु धनन्जय अर्जुन जसलाई श्रीकृष्णको अर्को रुप पनि भनिन्छ । समायोजनकर्ता  लेखक  कृष्णद्वैपायन भगवान वेदव्यास । श्रीकृष्ण ब्रम्हविद्या वा आत्मविद्यास्वरुप गीताको विस्तृत व्याख्या गर्नु हुन्छ । श्रीकृष्णको आमोपदेशलाई अर्जुनले स्वीकार गर्नुभयो । श्रीकृष्ण भगवानका यिनै उपदेशलाई भगवान वेदव्यासले लिपीवद्ध गरी श्रीमद्भावगत गीताको स्वरुप दिनुभयो । गीताको लक्षज्ञानको प्रतिपादन हो । सर्वशास्त्रमयी गीता वास्तवमा कामधेनु गाई अथवा कल्पवृक्ष नै हो । यसमा कर्मयोग, भक्तियोग, ज्ञानयोग जे खोज्यो त्यही पाइन्छ तापनि मुख्यरुपमा यसको लक्ष्य हो चिन्ताग्रस्त, शोकसन्तप्त, मोहजालमा छट्पटाइरहेका, कर्तव्यबाट च्यूत हुन पुगेकालाई आत्मदर्शनको उपदेश गरी, परमार्थको वोध गराई कर्तव्य पथमा लगाउनु नै हो ।

गीताको गहन श्रवण, कीतन, पठन(पाठन, मनन गरी गीतामा नै डुबुल्की खेल्ने, गोता लगाउने मानिसको लागि अरु शास्त्रको कुनै आवश्यकता पर्दैन । श्रीमद्भागवत गीतालाई महाभारतको हृदय (मुटु० नै मानिएको छ । भीष्मपर्वको २६ औं अध्यायदेखि ४२ औं अध्यायसम्मलाई छुट्टै ग्रन्थको रुपमा विशिष्ट स्थान दिइएको पाइन्छ । सनातन धर्म मान्नेहरु गीता ग्रन्थलाई अत्यन्त आदरपूर्वक पाठ गरेर पूण्यको अनुभव गर्ने परम्परा छ। गीता मूलतः अधिकांशले मान्दै आएको आध्यात्मिक ग्रन्थ नै हो । वेद, पुराण, उपनिषद् आदि सबै शास्त्रको सारत्व यसैमा पाइन्छ । यसैले होला गीतालाई ज्ञानको भण्डार भनिन्छ । गीताको क्षेत्र विशाल छ । यो ज्ञानको अनन्त सागर हो । गीतालाई कुनै पनि धर्म समुदायको घेराभित्र राखिएको पाइँदैन । आफूभित्र जगत र जगतभर आफू नै हो भन्ने कुरा गीताको ११ औं अध्यायले प्रमाणित गरेको छ । त्यस्तै श्रीमद्भागवत महापुराणले पनि त्यस्तै भन्दछ ‘हरिदेव लिगत जगदेवहरि हरितो जगतो नहिभिन्नतनुु श्रीमद्भागवत गीतालाई जीवन दर्शनको घोषणापत्र भन्न सकिन्छ । गंगास्नात र गीतासेवन एकै किसिमका आध्यात्मिक कार्य भनिए तापनि केही न केही भिन्नता भने देखिन्छ । गंगास्नान गर्ने आफै मात्र पवित्र हुन्छ भने गीतासेवन (अध्ययन० गर्नेले अरुलाई समेत पवित्र बनाउँदछ । गंगा भगवानका चरणकमलबाट प्रकट भएकी हुन् भने गीता भगवानका मुखारविन्दुबाट मुक्तिका लागि मानिस स्नान गर्न गंगाजी जहाँ बगिरहेकी छन्, उही जानु पर्दछ भने, गीता प्रत्येक घर(घर पुगी मुक्तिको मार्ग देखाउँछिन् । गीता गायत्रीभन्दा पनि ठूली छन् । किनकी, गायत्री जसले जप गर्दछ त्यहीमात्र मुक्ति हुन्छ परन्तु गीता अभ्यास गर्ने मानिस भने आफू पनि मुक्त हुन्छ अरुलाई पनि मुक्त गराउं’छु । हामी मान्दछौं गीताभन्दा भगवान माथि हुनुहुन्छ तर भगवान स्वयं आफै भन्नु हुन्छ(’म गीताको आश्रममा बस्छु, गीता मेरो असली घर हो ।’ गीता ज्ञानका सहायताले म तिनै लोकको पालनपोषण गर्दछु । वाराहपुराण, श्रीमद्भागवत् गीताको छैटौं अध्यायको पां’चौ श्लोकमा श्री कृष्णको जीवलाई निम्नप्रकारको उपदेश छ स्

उद्धेरदात्मनात्मानं नारमानमबसादयत् । आत्मैव ह्यात्मेनो बन्धुरात्मैव रिपुरात्मन ।। यो श्लोकमा श्रीकृष्ण भगवानले अर्जुनलाई श्रोता बनाई अज्ञानवश संसाररुपी महासागरमा डुवी गोता खाइरहेको जीवको उद्धारको लागि उपदेश गर्नुभएको बुझिन्छ । यसलाई जीवको जीवनयात्राको राज मार्ग भने पनि हुन्छ । यो यसलोकको मात्र राजमार्ग नभै परालेकको पनि हो । यो संसारमा सबैका लागि बसै बस्तु प्रिय हुँदैनन् । सबैका निमित्त प्रिय हुने एकमात्र बस्तु आत्मा हो । आत्मा नै मानिस (जीव० को सर्वस्व हो । आत्मा नै बन्धु वान्धव हो, आत्मा नै मित्र हो । आत्मीय साथी पनि हो । आत्माको सम्मान भनेको आफ्नै सम्मान हो । आत्मालाई उठाउनु भनेको आफैलाई उठाउनु हो । आफ्नो शत्रु आफै हो । आफ्नो मित्रु आफै हो । आत्मालाई तल गिर्न दिनु हुँदैन । अदानीकालदेखि मानिस (जीव० को यो दुर्दशा देखेर भगवानले साधनसम्पन्न देवदुर्लभ मनुष्य शरीर दिनुभएको छ । मानवीय शरीर व्यर्थै खेर जान दिनु हुँदैन । माल पाएपछि चाल पनि पाउनुपर्दछ । आत्मा सर्वव्यापी छ । आत्माप्रति सद्विचार, सद्वुद्धि, सकारात्मक दृष्टि, सदभावना राखी कर्मयोग, भक्तियोग, ज्ञानयोगमध्ये कुनै एक योगमा आरोहंष भई कर्म गरेमा मानिस ९जीव० यही लोकमा स्वर्गीय आनन्दको अनुभव गर्दछ । हरेक बस्तुले ऊ सम्पन्न हुन्छ । अभावको लेस पनि हुँदैन । उसको वरिपरि भावै भावको लाइन लाग्दछ । श्रीमद्भागवत गीतामा श्रीकृष्णले दिएका सद्उपदेशविपरीत ९रागद्वेष, काम क्रोध, लोभ मोहमा फसी० कुकर्म गर्ने मानिस जीव लाई आत्महत्यारा भनिन्छ । मृत्युपछि उसलाई प्राप्त हुने भनेको असुरलोक हो । यसैलाई ‘पाप कुण्ड भनिन्छ’ । इशोपनिष्द् ३। त्वदीपं बस्तु गोविन्द तम्यमेव समर्पितम् ।  लेखक जनप्रिय क्याम्पस पोखराका सिनेटर हुन् ।