आज वराह जयन्ती,भगवान विष्णुले वराह अवतारको रुप लिएको दीन

प्रकाशित मिति:

हिन्दु धर्म ग्रन्थ अनुसार आजको दिन वराह जयन्तीको पर्व मनाइन्छ। आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रुप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको थियो। सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो। जब जब धर्तिमा अन्याय र अत्त्याचार गर्ने शैतानी शक्तिहरु सक्रिय हुनेगर्दथे, तब तब भगवानले कुनै न कुनै अवतारमा धर्ति आएर त्यो शैतानको विनास गरेको धेरै कथाहरु हामीले पक्कै सुनेका छौ।

ऋग्वेदमा उल्लेख भए अनुसार वराह अवतारले चोरिएको धर्तिलाई उद्दार गरेको उल्लेख गरिएको छ। सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतंक दिन प्रतिदिन बढ्दै जान थालेको थियो। हिरण्याक्षले भगवान ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशिर्वाद पाएको थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानि भित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए। त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान विष्णु वराह अवतारमा प्रकट हुनुभयो। ब्रह्माको नाकबाट प्रकट भएका कारण पहिला पहिला वराह अवतारलाई भगवान ब्रह्माको अवतार पनि भनिने गरिन्थ्यो, तर पछि सबैले वराह अवतारलाई भगवान विष्णुको अवतारको रुपमा स्वीकार गरे। त्यसबेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रशन्न भए र उनको स्तुती गर्न थाले। एउटा सुँगुरको जस्तो देखिने शिरकाको सहायताले वराह अवतारले पानि भित्र लुकाइएको धर्तीलाई आफ्नो दातमा च्यापेर त्यहाँ बाट निकाले। सबै देवलोक खुशी थिए तर जब हिरण्याक्षलाई यो कुरा थाहा भयो तब उनले भगवान विष्णुको वराह अवतारलाई युद्धको लागि लाल्कारे। त्यसपछि भगवान विष्णुले वराह अवतारको रुपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको थियो।

वराह अवतार भन्दा अघि भगवान विष्णु मत्स्य र कुर्मा अवतारमा प्रकट भैसकेका थिए तर यसअघि उनको दुइ अवतारमा उनको शिर मनुष्यको थियो भने शरीर जनावरको, वराह अवतारमा भने उनको शिर एउटा जङ्गली सुँगुरको जस्तो थियो अनि शरीर भने मनुष्यको जस्तो। हिरण्याक्षको भाई हिरण्यकश्यपलाई भने भगवान विष्णुले चौथौ अवतार अर्थात् नृसिंह अवतारको रुपमा प्रकट भएर वध गर्नुभएको हो। वराह अवतारको खुट्टाले वेदहरुको प्रतिनिधि गर्छन्, उनको दातले बलिको प्रतिनिधि गर्छन्, उनको आँखाले दिन र रात बनाउछन् भने उनको शिरले भगवान ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ। यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ शुरूवात दिएका हुन्। हाम्रो पात्र्रोावाट