समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

प्रकाशित मिति:

भारतीय केन्द्रिय एजेन्सीले माल्दिभ्सका पूर्व उप राष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई नियन्त्रणमा लिएको छ ।उनी गैरकानूनि रुपमा समुन्द्रि मार्गबाट भारत प्रवेश गरेका थिए । उनी भारत आउने कुनै सूचना नरहेको र अवैध रुपमा भारत प्रवेश गरेपछि पक्राउ गरिएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् ।उनी बिहीबार भारत पुगेका थिए । तूतीकोरिन समुन्दी तटबाट उनी भारत प्रवेश गरेका थिए ।उनी भारत आउनेबारे कुनै जानकारी नभएको स्थानीय सरकारी अधिकारीले उल्लेख गरेका छन् ।अहिले केन्द्य्रिय एजेन्सीले उनको यात्रा अनुमति तथा समुन्द्री जहाज ल्याउने अनुमति भए नभएको बारे अध्ययन गरिरहेको बताएको छ ।जहाजमा चालक दलका ९ सदस्यसमेत रहेको बताइएको छ । एजेन्सी