एनआरएनए महासचिवमा डा।शर्माको दाबेदारी

प्रकाशित मिति:

डा-हेमराज शर्माम बाग्लुङको सामान्य परिवारमा जन्मिएको मान्छे हुँ। एसएलसीमा जिल्लाको रेकर्ड ब्रेक गरेर प्रथम श्रेणीमा पास गरेँ। त्रिचन्द्रमा आईएससी र बिएससीमा डिस्टिङ्सनसहित प्रथम स्थान प्राप्त गरेँ। मएस्सीमा डिस्टिङ्सनसहित गोल्डमेडल प्राप्त गरेँ। बाग्लुङको सामान्य स्कूल पढ्दा बेलायतको प्रतिष्ठित विश्वविद्यालयमा अध्यापन गराउँला भन्ने कल्पना पनि थिएन।अहिले १० जनाभन्दा बढी विधार्थीलाई विद्यावारिधीको सुपरभाइज गरिसकेको छु। ६० भन्दा बढी सोधपत्रहरु प्रकाशित छन्। आफ्नो क्षेत्रका सबैजसो प्रतिष्ठित अन्तरार्ष्ट्रिय फेलोसिप र एवार्ड प्राप्त गरेको छु। सबै तहमा मैले मेहनत गर्दै आएँ। मिहिनेनत गर्ने बानीले होला एनआरएन अभियन्ताहरुले मलाई ‘मिष्टर रिलायबल’ भन्नुहुन्छ मैले पाएको जिम्मेवारी सफलतापूर्वक फत्ते गर्दै आएको छु। संघलाई अफ्ठ्यारो पर्दा मलाई सम्झिनु हुन्छ।

म लगातार १४(१५ वर्ष एनआरएनएमा सक्रिय छु। एनआरएनए जापानको महासचिवबाट पहिलो जिम्मेवारी शुरु गरेको हुँ। त्यसपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, प्रवक्ता र हाल सल्लाहकार छु। विधान समितिको सदस्य हुँदै पछिल्लो ३ कार्यकाल यस समितिको संयोजक छु। संघको नयाँ विधान ९२००७ मा परिमार्जित० को खाका र अधिकांश नियमावलीहरु म आफैले ड्राफ्ट गरेको हुँ। सन् २०१८ को प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन गर्ने अवसर पनि मिल्यो। संघले आयोजना गरेका सबै जसो विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र महत्वपूर्ण बैठक गोष्ठीमा भाग लिएको छु। गैरआवासीय नेपालीहरुको नागरिकता तथा मतदान अधिकार लगायतका आप्रवासी हक हितका विषयमा कलम चलाउँदै आएको छु।हालसम्मका ५ वटै अध्यक्षहरु ९उपेन्द्र महतो, देबमान हिराचन, जीवा लामिछाने, शेष घले र भवन भट्ट०सँग प्रत्यक्ष सम्पर्कमा काम गरेको अनुभव छ। ग्रासरुटको समस्यादेखि संघको नितिगत कुरा मेरो नशा नशामा छिरेको छ। सरकारसँग कसरी सहकार्य गर्ने भन्ने अनुभव छ। नयाँ परिस्थितिमा संघलाई कुन दिशामा लैजाने भन्ने प्रष्ट दृष्टिकोण पनि छ।म कुनै पद र प्रतिष्ठाको लागि एनआरएनएमा सक्रिय भएको होइन। पदभन्दा काममा विश्वाश गर्छु। आफूले जाने सिकेको सीप र बचेको समय समाजका लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने खोजमा थिएँ। त्यसै बेला उपेन्द्र महतो, भीम उदास, देवमान हिराचन, जिवा लामिछाने लगायतका अभियन्तासँग जापानमा भेट भयो। उहाँहरुको प्रेरणाबाट एनआरएनएमा लागेँ।

म एनआरएनएमा नलागेको भए अन्य कुनै अन्तर्राष्ट्रिय च्यारिटी सँस्थामा लाग्थेँ होला। मलाई सानैदेखि केही न केही अतिरिक्त कृयाकलाप गर्न मन लाग्थ्यो( स्कुलमा पढ्दा भैलो खेलेर स्कुललाई पैसा उठाउने, क्याम्पस छँदा हाजिरी जवाफ आयोजना गर्ने, भित्तेपात्रोको प्रकाशन गर्ने आदि कृयाकलाप सक्रिय हुन्थेँ। अहिले पनि नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएको छु। २०१५ को महाभुकम्पका पीडितलाई सहयोग पुर्याउनेदेखि आफूले पढेको बाग्लुङको स्कुल तथा अमृत साईन्स कलेजमा साइन्स ल्याब स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेँ। नोबेल पुरस्कार बिजेतासहितका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना गरेँ। यस सम्मेलनले नेपालको विज्ञान र प्रविधिको क्षेत्रलाई विश्वका वैज्ञानिकहरुसँग जोड्ने काम गर्यो।मेरो थुप्रै एकेडेमिक साथीहरुले एनआरएनएमा लागेर समय बर्बाद नगर्न सुझाव दिन्छन्। एनआरएनलाई दिने समयले एकेडेमिक क्षेत्रमा अझ प्रगति गर्न सक्छु भन्ने उनीहरुको भनाइ हुन्छ। एनआरएनए राजनीति गर्ने थलो हो, व्यवसायीको संस्था हो भन्ने उनीहरुको बुझाई छ। यो तर्क पूर्ण सत्य होइन तर संघलाई बढी सहभागितामूलक बनाउन पर्ने आवश्यता भने छ। विदेशमा रहेका नेपालीहरुलाई नेपालसँग जोड्न सक्ने एनआरएनए बाहेकको अर्को बैकल्पिक संस्था छैन । हाम्रो सक्रिय सहभागिताबाट संस्थालाई अझ सशक्त र सक्रिय बनाउन सहयोग मिल्नेछ। एनआरएनएमा लागेर मैले थुप्रै भाई साथीहरुको माया पाएको छु– जुन अवसर थोरै जनालाई मात्र मिल्छ। मलाई समाज र साथीभाईहरु बिनाको प्रगति अधुरोजस्तो लाग्छ।

एनआरएनएमा मेरो अर्को पहिचान पनि छ( विधि, विधान र प्रकृयामा अडान लिन सक्ने। एनआरएनए सामाजिक सँस्था हो, नरम करम मिलाएर अगाडि बढ्न पर्छ भन्ने गर्नु हुन्छ कतिपय अग्रजहरु। तर म त्यसमा विश्वाश गर्दिन। एउटा परिवार चलाउन त अनुशासनको आवश्यकता पर्छ भने एनआरएनएजस्तो विश्वब्यापी सँस्थालाई दिगो बनाउने हो भने विधि, विधान र प्रकृयालाई कडाईका साथ लागू गर्नु पर्छ। मेरा अडानका कारणले बेला बेलामा कतिपय अग्रजहरुसँग खट्पट हुने गरेको छ। अन्य साथीहरुको पनि चित्त दुखेको छ।मैले जे जति निर्णय गरेँ ब्यक्ति विशेषको मुख नहेरी सँस्थाको हितलाई केन्द्रमा राखेर गरेँ। मेरो यो पहिचानलाई भविष्यमा पनि कायम राख्नेछु।धेरैले सोध्नु हुन्छ – तिमी कस्को उम्मेदवार हौरु यो प्रश्नले मलाई घोची रहन्छ। मेरो जवाफ हुन्छ( म एनआएनएको उम्मेदबार हुँ। विगतको चुनावको अनुभव र अहिलेको परिस्थिति विष्लेषण गर्दा अध्यक्ष पदमा सहमति हुने देखिन्छ। सहमतिको लागि हामीले दबाव दिनुपर्छ। साथीहरु अहिले नै पक्ष वा विपक्षमा उभिनु उचित हुँदैन।

एनआरएनजस्तो संस्थामा पक्ष वा विपक्ष हुनु दुस्खको कुरा हो। अझ यसमा राजनीतिक रंग घुस्नु बिडम्वना हो। उम्मेदवारहरुको राजनीतिक आस्था हुनुलाई स्वभाविक मान्नु पर्छ। तर राजनितिक आस्थालाई मात्र आधार बनाएर चुनावमा आउनु गलत हुन्छ। संस्थामा गरेको योगदान र सक्षमताको आधारमा चुनावी मैदानमा आउनुपर्छ।म कुनै राजनीतिक दलको सदस्य छैन। तर म गैरराजनितिक मानिस भने होइन। नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै न कुनै किसिमले सहयोग गर्दै आएको छु। चाहे नेपाल भित्र भएको बेला होस् वा बाहिर। मेरा सहपाठीहरुलाई यसको राम्रो ज्ञान छ। आफ्ना समकालीन बाहेर राजनीतिक दलका नेताहरुसँग मेरो ब्यक्तिगत चिनजान छैन। एनआरएन र समाजसेवासँग जोडिएका विषयमा प्रधानमन्त्री देखी राष्ट्रपतिसम्म पटक पटक भेटघाट भएको छ तर व्यक्तिगत रुपमा मैले कुनै नेताहरुलाई भेटेको छैन। अहिले एनआरएनएको चुनावी मैदानमा आउँदा साथीहरुले यो नेता उ नेतासँग भेटा दिन्छु भन्नुहुन्छ। यो कुराले पनि मलाई पोल्छ। राजनीतिक दल र नेताहरुप्रति मेरो उच्च सम्मान छ। एनआरएनका मुद्दाहरु राजनीतिसँग जोडिएका छन् भन्ने कुरा म राम्रोसँग बुझ्छु तर चुनाव जित्न नेताहरुको घर दैलोचाहर्नु पर्ने अवस्था देख्दा हाम्रो संस्था कमजोर भएछ जस्तो महसुस हुन्छ। यसबारे एनआरएनका अभियन्ता र पूर्व अध्यक्षहरुले गम्भीर भएर सोच्नु जरुरी छ।

संस्था र अध्यक्षले निर्धारण गरेका योजनाहरु कार्वान्यनमा सहयोग गर्नु मेरो दायित्व हुनेछ। तर मेरा आफ्नै भिजनहरु पनि छन् जुन मेरो घोषणापत्रमा लिएर आउने छु। म नाम लेखाउनको लागि मात्रै महासचिव पदमामा आउन खोजेको छैन, सँस्थामा सकरात्मक प्रभाव पार्ने सोचले आएको छु। एनआरएनएलाई ५० लाख गैरआवासीय नेपालीहरुले अपनत्व महसुस गर्ने सँस्था बनाउन जरुरी छ।हालसम्म बाहिर बस्ने नेपालीहरु मध्ये २ प्रतिशतभन्दा कम मात्र संघको पञ्जीकृत सदस्य बनेको अवस्था छ। युवा तथा महिलाहरुको आवद्धता झनै कम छ। सदस्यहरु संस्थाका सम्पत्ति हुन्। जती धेरै सदस्यहरुको सहभागिता भयो त्यती प्रभावकारी किसिमले नेपाललाई सहयोग गर्न सकिन्छ। अहिले लगानी वा च्यारिटीका लागि थोरै संख्यामा भएका धनी एनआरएनको सहयोगमा निर्भर गर्नु परेको छ। यो परिस्थितिलाई परिवर्तन गर्न जरुरी छ। स(सानो लगानी र च्यारिटीमा सहयोग गर्न चाहानेहरुलाई पनि उचित वातावरण बनाइनु पर्छ।हातमा गन्न सकिने प्राज्ञिक व्यक्तिहरुको मात्र संघमा सहभागिता छ। उनीहरुलाई एनआरएनएमा समाहित गर्दै उनीहरुको ज्ञान, सीप र प्रविधी नेपालमा भित्राउने वातावरण बनाउनु पर्छ। जसले गर्दा नेपाललाई ज्ञान र सिपमा आधारित अर्थतन्त्रतर्फ अगाडि बढाउन सहयोग पुग्नेछ। कम आर्थिक श्रोत भएका गैरआवासीय नेपालीहरुलाई संघको नेतृत्वदायी भूमिकामा आउन करिब करिब असंभव नै छ।

निर्वाचनमा देखिने बिसंगतिलाई हटाउनु पर्नेछ। दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोड्न विशेष खालको कार्यक्रम ल्याउनु पर्नेछ। वैदेशिक रोजगारका समस्या न्युनीकरण गर्न एक स्वेतपत्र तयार गर्नु पर्नेछ। पदाधिकारीहरुलाई सदस्यहरुप्रती बढी उत्तरदायी बनाउनुका साथै संघलाई आर्थिकरुपमा पारदर्शी बनाउनु छ। प्रस्तावित एनआरएनए फाउण्डेसन, एनआरएन एकाडेमी र संयुक्तलगानीलाई निचोडमा पुर्याउनु छ।यी सबै विषयलाई संवोधन गर्न संस्थागत संरचना र काठमाडौंस्थित सचिवालयलाई रिफर्म गर्न आवश्यक छ। सचिवालय संघको मुटु हो। मुटु राम्रो सँग चल्न सकेन भने एनसीसीहरुमा रक्तसंचार राम्रो हुदैन र सँस्था रोगी हुन्छ। संस्थाको व्यवस्थापन गर्न डिजिटलाइज प्रविधिको प्रयोग गर्न जरुरी छ। यस्तो प्रविधिले छरिएर रहेको साधन र श्रोतलाई सहज परिचालन गर्न सकिन्छ।

विगतमा कार्यकारी पदमा जान सधैँ साथीहरुले अनुरोध गर्नु हुन्थ्यो। तर काम गर्नको लागि पद नै चाहिन्छ भन्ने कुरामा मैले विश्वाश गरिन्। बाहिर बसेर काम गरेर देखाएँ। गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि अक्टोवर १३(१६ मा काठमाडौंमा निर्वाचन हुँदैछ। अहिले संस्थालाई म जस्ता अनुभवी व्यक्तिको आवश्यता भएको महसुस गरेर चुनावी मैदानमा आएको छु।कतिपय साथीहरुले मलाई महासचिव होइन उपाध्यक्षमा जान सुझाव दिनु भएको छ। उहाँहरुलाई धन्यबाद दिन चाहन्छु। तर मेरो अनुभव, दक्षता र दृष्टिकोण महासचिव पदको लागि योग्य छ। जुन कुरा मेरो विगतको कामले प्रमाणित गरेको छ।मैले धेरै सोच विचार गरेर नै चुनावमा जाने र महासचिव पदमा नै उठ्ने निर्णय गरेको हुँ। म भन्दा दक्ष साथीहरु महासचिवको लागि मैदानमा आउनु हुन्छ भने संवाद गर्न सकिन्छ। अन्यथा मैदानबाट हट्ने कुरा हुँदैन। हाल कार्य समितिमा रहेका साथीहरुलाई विस्तापित गरेर वा कसैलाई अफ्ठेरो पार्न म चुनावमा आउन खोजेको हैन। आ(आफ्नो योगदान, दक्षता र अनुभव अनुसार पदमा बस्न तयार हुने हो भने सबै साथीहरुलाई स्पेस मिल्छजस्तो लाग्छ।संस्थामा नयाँ इन्ट्रिको पनि आवश्यकता छ। संस्थामा धैर्यताको पनि खाँचो हुन्छ। ‘तातै खाउँ जलि मँरु’ भनी चुनावी मैदानमा आउँदा सक्षम ब्यक्तिहरुलाई गुमाउन परेको हाम्रो अनुभव छ। म चाहान्छु भविष्यमा यस्तो अवस्था नआवस्।