हवाई आक्रमण तालिबानका गभर्नरसहित तीनको मृत्यु

१८ श्रावण २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
27 Shares


काबुृल । अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ ।

फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।तर यस विज्ञप्तिमा यस कारबाही अफगान बायुबल अथवा नेटोआवद्ध संयुक्त सेनाले गरेको सो विषयमा विस्तृत विवरण दिइएको छैन् । यस प्रान्त तालिबान लडाकू समूह र सुरक्षाबीच बारम्बार झपड हुदै आएको पाइन्छ । तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया