अपहरणको नाटक गरी फिरौती रकम माग्ने पक्राउ

प्रकाशित मिति:

काठमाडौं । अपहरणमा परेको नाटक गर्दै परिवारसँग रकम माग गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगन्जको इनर्वा बस्ने ३१ वर्षीय अरमान भनिने महम्मद तवरेज आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । आलमले आफ्नै दिदीलाई फोन गरी अपहरण परेको भन्दै परिवारसँग रकम माग गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।  उसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।