अस्ट्रिया जहाँ ८०० जनाको बस्ती छ बर्सेनि १० लाख पर्यटक पुग्छन्

प्रकाशित मिति:

अस्ट्रियाको हलस्टाट विख्यात पर्यटकीय गन्तव्य हो । ऐतिहासिक बस्ती हलस्टाट विश्व सम्पदा सूचिमा सूचिकृत छ । झण्डै ८०० जनाको बसोबास रहेको यो शहरमा बर्सेनि १० लाख पर्यटक पुग्ने गरेका छन् ।

विशेष गरी पछिल्लो एक दशकमा हलस्टाट पुग्नेन पर्यटकको संख्या बढेको छ । अस्ट्रियाको यो ‘फोटोजेनिक’ बस्ती पुग्ने अधिकांश पर्यटक चीनका छन् । धेरै चिनियाँहरु त्यहाँ गएर तस्बिर लिनका लागि पुगेको बताउँछन् ।पर्यटकको आगमन बढेका कारण हलस्टाटको अर्थव्यवस्थामा बढोत्तरी भएको छ । तर केही घण्टाका लागि आउने पर्यटकको संख्या बढ्दै गएको भन्दै केही स्थानीय बेखुशी रहेको बिबिसीले उल्लेख गरेको छ । हलस्टाटले पर्यटक बसको संख्या कम गर्ने तयारी पनि गरेको छ । चिनियाँमा हलस्टाट निकै लोकप्रिय भएकाले चीनले सन् २०१२ मा हलस्टाट जस्तै बजार नै बनायो । हलस्टाट विश्वको पुरानो नुन खानीमा युक्त बस्तीमा पर्छ ।