प्रहरीविरुद्ध विप्लवको पक्राउ पुर्जी, सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी

प्रकाशित मिति:

कैलाली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान ब्यूरोका असई भैरव कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।कुँवरलाई तोकिएको समयमा उपस्थित नभएमा कारबाही गर्ने विप्लव समूहले जारी गरेको पक्राउ पूर्जीसँगै टाँसिएको चेतावनी पत्रमा उल्लेख छ । आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै विप्लव समूहले कुँवरविरुद्ध विज्ञप्ति नै निकालेर सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ ।