नेविसंघ स्याङ्जा काठमाण्डौ सम्पर्क समिती द्धरा वालवालीकालाई शैक्षीक तथा खाघ सामाग्री वितरण

प्रकाशित मिति:

नेपाल विधार्थी संघ स्याङ्जा- काठमाण्डौ सम्पर्क समितिको आयोजनामा नेपाली कांग्रेस स्याङ्जाका पार्टी सभापति एवम् संविधान सभा सदस्य स्वर्गिय कमल प्रसाद पंगेनीको प्रथम वार्षिकीको स्मृति दिवसका सन्दर्भमा आज कालिका बाल विकास केन्द्र, चन्द्रागिरी वडा नं १२, पुरानो नैकापमा रहेका अनाथ, असहाय वालबालिकालाई लत्ता कपडा, शैक्षिक र खाध सामाग्री वितरण कार्यक्रम नेपाली कांग्रेसका पुर्व उपसभापति एवम् वर्तमान केन्द्रीय सदस्य, नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

सम्पर्क समितिका सभापति ई दिपेन्द्र क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोपालमान श्रेष्ठ,विशिष्ट अतिथि ने।वि।संघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले , संस्थाका संचालक ज्ञानुदत्त भट्ट र कांग्रेस वडा सभापति के पि पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिले अनाथ वालबालिकालाई ट्रयाक सुट सेट ,टिसर्ट कपडा,चप्पल,जुत्ता, चामल,दाल,तेल जस्ता खाधान्न सामाग्री र सबैलाई कापी कलम लगायतका स्टेशनरी सामाग्रीहरु पनि हस्तान्तरण गर्नुभयो।प्रमुख अतिथि लगायत वक्ताहरुले स्वर्गिय कमल प्रसाद पंगेनीको राजनैतिक जीवन र योगदानका बारेमा चर्चा गर्नुभयो। सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिदैं आउने दिनमा सामाजिक, रचनात्मक कार्यक्रमहरु गरेर सम्पर्क समितिलाई अझ सशक्त र जागरुक बनाउने प्रतिबद्दता ने। वि संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिका सभापति ई दिपेन्द्र क्षेत्रीले गर्नुभयो