हिमाली सामुदायिकद्वारा रक्तदान

१८ श्रावण २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
31 Shares


भैरहवा –हिमाली सामुदायिक सेवा केन्द्रले आज एक कार्यक्रम बीच रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघीय प्रहरी कार्यालयका प्रमुख राजेश कुमार लाल कर्णको प्रमुख आतिथ्यता र अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धब बहादुर कार्कीको विशिष्ट आतिथ्यता, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयका प्रतिनिधि तथा विभिन्न संघ संस्थाको सङ्लग्नतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा संस्थाका उपाध्यक्ष धुब्र अधिकारी, पुनहरि बेल्बासे, बिष्णुप्रसाद मरासिनी, सुसान्त थापा लगायत ५३ जनाले रक्तदान गरेका थिए । ५३ युनिट रगत नेपाल रेडक्रस सोसाइटी रक्तसंकलन केन्द्र भैरहवालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुरेन्द्रजंग थापाको अध्यक्षता र सहसचिव विष्णुप्रसाद मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया