रोटरीको १२७१ औ वैठक, सदस्यलाई परिचालन गर्न सुझाव

प्रकाशित मिति:

बुटवल-रोटरी क्लब अफ बुटवलको १२७१ औं नियमित बैठक क्लब सचिवालयमा सनिवार बस्यो । बैठकमा पिडिजि संजय गिरीले रोटरीमा सदस्यको भूमिकाको विषयमा चर्चा गर्दे रोटरीयनहरुको संख्या वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।उहा“ले अगष्ट महिना मेम्वरसिप डेभलपमेण्ट महिनाको रुपमा क्लबले लिएको बताउदै क्वालिटी र क्वान्टीटी पनि वढाउनु पर्ने बताउनु भयो । धेरै सदस्यहरु संगठित भएर थोरै थोरै काम गरेपनि समुदायको हित हुने भएकाले रोटरीयनहरुको संख्या वढाउनु पर्ने उहा“ले बताउनु भयो ।

उहा“ रोटरी अभियानमा सदस्यहरुलाई परिचालन गरी सामाजिक सेवामा लाग्न सुझाव दिनु भयो ।डिष्ट्रिक्ट ट्रेनिङ कमिटी चेयर जितेन्द्ररानज भण्डारीले क्लबहरुले प्रोजेक्ट वनाउदा ध्यानदिनुपर्ने कुराहरु उल्लेख गर्दे डिष्ट्रिक ग्राण्डको विषयमा प्रकाश पार्नु भएको थियो । सनिवारको वैठक एजेण्डा क्लासिफिकेशन रहेको थियो । रोटरी क्लब अफ बुटवलको सदस्य संगिता गौतम अर्यालले आफ्नो व्यवसायीक जिवनको विषयमा चर्चा गर्दे निरन्तर प्रयासबाट मात्र विजनेशमा सफलता पाईने बताउनु भयो । तिलोत्तमा शंकरनगर स्थित भैरव ट्रेडको संचालक गौतम अर्यालले व्यवसायीक जिवनको आरोहअवरोहको वारेमा जानकारी गराउनु भएको थियो ।क्लबका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता सचिव रोम शर्माको संचालनमा भएको कार्यक्रममा संगिता गौतम अर्यालको बायोडाटा रोटरीयन मुधप्रसाद अर्यालले प्रस्तुत गर्नु भएको थियो । रोटरीयन बोनिन पिया मणिरत्न पाण्डे यादव घिमिरेले जिज्ञासा राख्नु भएको थियो ।