भिरबाट लडेर एकको मृत्यु

प्रकाशित मिति:

काठमाडौँ –फुपुको घर जान भनी हिडेका बैतडीका ४५ वर्षीय तेजसिंह ऐरीको भिरबाट खसेर मृत्यु भएको छ । उनको बैतडीको पाटन नगरपालिका ६ भिटाचौपाता भन्ने भिरमा शव फेला परेको हो ।मृतक ऐरीको खल्तीमा रहेको नागरिकता प्रमाणपत्रको आधारमा पहिचान भएको हो। ऐरीको भिरवाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतक ऐरी शुक्रबार घरबाट फुपुको घर पाटनकै सिलंगा जान्छु भनि हिँडेका पारिवारिक श्रोतले जनाएको छ । शवलाई शनिबार बिहान घाँस काट्न गएका स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।