सिकाइ व्यवस्थापन कार्यशाला मणिग्राममा सम्पन्न

प्रकाशित मिति:

रुपन्देही-रुपन्देहीको मणिग्राम तेस्रो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । मणिग्राममा रहेको रामवन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा उक्त गोष्ठी सम्पन्न भएको हो ।नेफ्स्कुनका सञ्चालक कृष्ण नेपाल सहकारी ऐन नयाँ लागुभएकोले सोही अनुसार सहकारीले गतिविधहरु अगाडि बढाउनु पर्ने बताउँदै संस्थाले वचतकर्ताले मागेको बेलामा वचत फिर्ता गरिनु पर्ने र व्याजदर तथा सर्वशुलभ रुपमा ऋण उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

सदस्य व्यवस्थापन गर्ने विषय चुनौतिपूर्ण रहेको बताउँदै सहकारी एकता रुपमा अगाडि बढ्नु पर्ने सहकारीका अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो ।नेफ्स्कुनका मुकेश दाहालले सदस्य शिक्षा, सञ्चालक समिति लगायत ऋण उपसमिति तथा अन्य उप समितिको आचार संहिता, बचतकर्ता शिक्षा, मानव संशोधन तथा व्यवस्थापन, साकोस एकरुपता प्रणाली सम्बन्धी सहजिकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रमा सहकारीलाई कुन ढङ्गले अगाडि बढाउने र भन्ने विषयलाई लिएर रुपन्देही, पाल्पा र कपिलवस्तुका सहकारीको सङ्लग्नता रहेको थियो । कार्यक्रमा फेवा साकोस बुटवलका व्यवस्थापक लीलबहादुर गुरुङ, आस्थाश्री साकोस ठूटेपिपलका व्यवस्थापक लक्षमण काउचा, नेपाल टुगा साकोस कोटिहवाका व्यवस्थापक विश्राम घर्ती मागर, पल्लवी साकोस देवदहका व्यवस्थापक केशब आचार्य, रामवन साकोस मणिग्राम वरिष्ठ सहायक तारा पाण्डे, लुम्बिनी साकोस भैरहवा व्यवस्थापक रामप्रसाद बराल, माउन्ट एभरेष्ट साकोस कपिलवस्तु, रामपुर साकोस पाल्पाले आफ्नो संस्थाको गतिविधि, कुल पुँजी, चुक्ता पुँजी, शेयर सदस्य र भावियोजना सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रम रामवन सहकारी संस्था लिमिटेडका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षता, सचिव खेमराज पाण्डेको सञ्चालन र उपाध्यक्ष भगवती भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।