धामको चिनारी झल्कीने पुस्तकको विमोचन

१८ श्रावण २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
117 Shares


नरेश चौधरी मुर्गिया, १८ साउन । पर्राेहा परमेश्वर बोलबमधाममा धामको चिनारी झल्कीने पुस्तकको विमोचन गरिएको छ । पुस्तकमा वोलवम धामको परिचय, इतिहास, तथा महत्वलाई उल्लेख गरिएको छ । ज्योतिर्लिङ्ग बोलबम धाम शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको सरोवर, १०८ शिवलिङ्ग, ५।५ फिटको शिवमूर्ति र नागकुण्ड मन्दिरको क्षेत्रफल, भौतिक पुर्वधार लगाएतका विषय वस्तु समेटिएको छ । सो अवसरमा भारतका लागि पुर्व राजदुत दिपकुमार उपाध्ययले धार्मीक स्थलहरुको संरक्षण तथा विकास गर्न आफुले सक्दो पहल गर्ने कुरा बताउनुभयो ।

धार्मीक तथा ऐतिहासिक धरोहरको संरक्षणले आय आर्जन गर्न मद्दत पुग्ने हुंदा यस धामलाई पर्यटकी स्थलका रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपासभापति फणिन्द्र प्रसाद शर्मा, धामका प्रमुख संरक्षक ब्यसाचार्य किशोर कुमार गौतम , धामका अध्यक्ष रामवालि चौधरी लगाएतले धामको विकास तथा प्रचार प्रसार गर्न जरुरी रहेको उल्लेख गर्नु भयो । आजै वोलवम जलार्पणका लागि जल लिन एक टोलि यात्राका लागि चितवन देवघाट प्रस्थान गरेकको छ । रुपन्देहीको सैनामैना नगरपालिकाका– १ स्थित पर्राेहामा पर्राेहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला) हरेक वर्षा लाग्ने गर्दछ । प्राचीन एवं ऐतिहासिक शिव ज्योतिर्लिङ्गमा बोलबमको तयारीका लागि मन्दिर प्रवेशद्वारदेखि बजार व्यवस्थापन र जलार्पण गर्न विभिन्न उपसमिति निर्माण भएको पर्राेहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामबलि चौधरीले जानकारी दिनुभयो । सो ज्योतिर्लिङ्ग बोलबम धाममा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँ लगायत भारतबाट समेत भक्तजन सहभागी हुनेगर्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग
  • आजको राशिफल हेर्नुहोस
  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…