त्रिभुवन विश्वविद्यालयमा पढाउँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई

प्रकाशित मिति:

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार बिहान ‘लेक्चर’ भूमिकामा थिए। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई ‘छलफल’ भनेका थिए।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा बाबुरामले छलफल गरेका हुन्। भट्टराईको ‘प्रिजेन्टेसन’ मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयमा उनले विद्यार्थीलाई पढाएका थिए।