नम्र बन्दैमा कोही सानो हुँदैन – अब्राहम लिंकन

प्रकाशित मिति:

अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे ।यो देखेर साथीले लिंकन लाई उनलाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको रु साथीको प्रश्न पछि अब्राहम लिंकनले जवाफ दिए – महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् । यो सुनेर उनको साथीको शिर लाजले निहु रियो ।

त्यस्तै मदर टेरेसा सबैकी प्रिय र आदरणीय व्यक्ति हुन् । उनले आफ्नो जीवनलाई सार्थक बनाउन उपयोगी कुरा गरेकी छन् । जुन अहिले सबैले अनुकरणयोग्य भनाई भन्ने गरेका छन् । हेर्नुहोस् मदर टेरेसाका १० मननीय भनाई जुन तपाईंलाई उपयोगी बन्न सक्छ न्।–शान्तिको सुरुवात मुस्कानबाट हुन्छ । यति तपाईंको जीवन अरुका लागि होइन भने त्यो जीवन, जीवन नै होइन। यदि तपाईंले १०० जनालाई खुवाउन सक्नुहुन्न भने १ जनालाई मात्र भएपनि खुवाउस् । हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ।आ उनुहोस् यसैलाई भब्यताका साथ मनाऔं ।

हामीसँग अहिले शान्ति फिटिक्कै छैन किनकी हामीले हामी एक अर्काका लागि हौं भन्ने कुरा नै बिर्सियौं । रोटीको भोक मेटाउन सजिलो हुन्छ तर प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ । प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो । मात्र टिप्न जान्नु पर्छ । विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ रु शुुरुमा घर गएर आफ्नो परिवारलाई माया गर शान्ति त्यहींबाट शुरु हुन्छ ।सबैभन्दा ठूलो रोग भनेकै कसैका लागि केही बन्न नसक्नु हो । यदि तपाईंले व्यक्तिलाई मूल्यांकन गर्न थाल्नुभयो भने उसलाई प्रेम गर्न बिर्सनुहुन्छ ।