सपना जुन तपाईका लागि शुभ संकेत हुन्छन् ।

प्रकाशित मिति:

राति तपाईले कुनै सपना देख्नुभयो भने त्यसले दिनभरी दिमागमा प्रश्न जन्माइरहन्छ, ‘खास मैले देखेको सपनाको अर्थ के होला यसको प्रभाव के होला रु यस्तो सपना मैले किन देखेँ होला रु’ भनेर । यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ । स्वप्नशास्त्रका अनुसार कुनै राम्रा सपनाहरुले पनि नराम्रा नतिजा दिन्छन् र कुनै नराम्रा सपनाहरुले पनि राम्रा प्रभाव दिन्छन् । यसकारण सपनासँग डराउने भन्दा पनि यसका अर्थहरु बुझ्नु नै हितकर हुनेछ । सपनामा भवन बन्दै गरेको देख्नुको मतलब हो तपाईलाई प्रमोशन मिल्दैछ वा धनलाभ हुनेवाला छ ।

आफैंलाई एकदमै गरिब वा भिखारीको रुपमा देख्नुभयो भने यस्तो सपनाको अर्थ हुन्छ तपाईलाई धनलाभ हुँदैछ । सपनामा आफ्नै आत्महत्या गरेको देख्नुभयो भने तपाई डराउनुहुन्छ होला तर डराउनु पर्दैन । किनकी यस्तो सपनालाई राम्रो मानिन्छ । यसको अर्थ हुन्छ, तपाईंको आयू बढेको छ । सपनामा यदि तपाईंले गुलाब देख्नुभयो भने यस्तो सपनाको संकेत हुन्छ, तपाईको कुनै ठूलै मनोकामना पूरा हुँदैछ । सपनामा सर्प देख्नु राम्रो मानिन्छ । सपनामा सर्प देख्नुले सरकारी क्षेत्रमा लाभ मिल्ने कुरालाई संकेत गर्दछ । यसलाई धन र सन्तान प्राप्तिको संकेतको रुपमा पनि बुझिन्छ ।  सपनामा छेपारो देख्नुभयो भने यो पनि शुभ संकेत हो । यसको अर्थ तपाईले धनप्राप्ति गर्दै हुनुहुन्छ भन्ने हो । सपनामा सुगा देख्नुको अर्थ हो तपाई धन प्राप्त गर्दै हुनुहुन्छ । सपनामा आफैंलाई चिहानमा देख्नुको अर्थ हो तपाईलाई छिट्टै कुनै मान सम्मान वा कुनै लाभ मिल्नेवाला छ । सपनामा तारा देख्नुभयो रु यसको अर्थ के होला रु नराम्रो पक्कै होइन । यसको अर्थ हुन्छ, तपाई कुनै शुभ समाचार सुन्नेवाला हुनुहुन्छ ।