एनआरएनए महाधिवेशन : सोनाम लामाले ‘उपाध्यक्ष’ पदमा उम्मेदवारी दिने

प्रकाशित मिति:

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको नवौँ महाधिवेशन आउँदो अक्टोबरमा हुने भएको छ । काठमाडौंमा १३, १४ र १५ अक्टोबरमा हुने महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्न थालिएको छ । विश्वभर राष्ट्रिय परिषद्को अधिवेशन भइरहेका बेला एनआरएनए आइसीसीको पदका लागि उम्मेदवारी घोषणा हुन थालिएको हो । यसैक्रममा अमेरिकी निवासी व्यवसायी सोनाम लामाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।

अमेरिका क्षेत्रीय संयोजक भइसकेका लामाले आउँदो अक्टोबरमा हुने महाधिवेशनका लागि उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यद्यपी उनी पूर्व अध्यक्ष शेष घलेको तर्फबाट अध्यक्ष पदकै उम्मेदवार बन्न सक्ने एनआरएनहरुले अड्कल काटेका छन् । मुस्ताङमा जन्मिएका लामा अमेरिकाका स्थायी बासिन्दा हुन् । एनआरएनएको विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका लामाले अमेरिकादेखि नेपालमासम्म विभिन्न क्षेत्रमा लगानी गरेका छन् । संसारको सबैभन्दा अग्लो स्थान मुस्ताङमा करोडौं रुपैयाँ खर्च गरेर बुद्धमूर्ति स्थापना गरेका उनले प्रवासी नेपाली र नेपाल सरकारले लिएको समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न सहयोगका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । । अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल पहल र झण्डै ४ करोड रुपैयाको लगानीमा स्थापित बुद्धमूर्तीको धार्मिक विधिपूर्वक अनावरण गरिएको हो ।