काठमाण्डौं -नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले देश निर्माणमा जुट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । इटालीको रोममा आयोजित गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रको १२ औं बैठकलाई सम्बोधन गर्दै कोईरालाले मुलुक निर्माणका लागि लगानीको खाँचो रहेको बताउनुभयो । नेता कोइरालाले बैठकलाई लाई सम्बोधन गर्दै राख्नुभएको मन्तव्यको सम्पादित अंश ।
नेपालको युरोपेली मुलुकहरुसँगको सम्बन्ध कति पुरानो र गाढा छ भन्ने कुराको चर्चा त यहाँ गरिरहनु परेन । तत्कालिन् प्रधानमन्त्री जंगबहादुर राणाको वेलायत यात्राको इतिहास चाख लाग्दो विषयका रुपमा पढ्दै हुर्केका हामीले त्यो भन्दा पछि पनि युरोपेली नेताहरुको लगातारको नेपाल भ्रमण, नेपालको आर्थिक—सामाजिक विकासमा पुरै युरोपको सहयोग र सद्भाव अनि हालका दिनमा युरोपेली युनियनले नेपालको विकासमा गरेको योगदानप्रती उच्च सम्मान ब्यक्त गर्न चाहन्छु । इतिहास नै हेर्ने हो भने, नेपालको पहिलो आधिकारिक माइगे्रसनको इतिहास पनि युरोपबाटै सुरु हुन्छ । सन् १८१६ मा सुगौली सन्धी हुनु अगाडि १८१४ देखि नेपाल बेलायत लडाई भयो । युद्ध समाप्तिकै समयमा नेपालका करिब ४६५० युवा बेलायती आम्र्स फोर्समा भर्ना भएका थिए । सायद यो नै नेपालको इतिहासमा पहिलो अभिलेखिकरण भएको माइगे्रसन हो । ४६५० बाट सुरु भएको कथा आज लाखौको संख्यामा नेपालीहरु युरोप देखि बिश्वभर फैलिएर आ—आफ्नो मेहेनत, इमान्दारिता तथा क्षमताले विभिन्न देशमा सम्मानजनक जीवन विताइरहनु भएको छ । साथै त्यही बेला देखि आफ्नो कमाई नेपाल पठाएर देश विकासमा योगदान दिइरहनु भएको छ । यसका लागि तपाँइहरूलाइ म विशेष धन्यवाद दिन चाहन्छु ।
युरोपको विकसित वाताबरण, विश्वको अब्बल शिक्षा, उच्चस्तरका भौतिक पूर्वाधारहरु लगायतका विषयवस्तुवाट नेपालले सिक्न सक्ने धेरै कुराहरु छन् । नेपालले सिक्ने र युरोपले सिकाउने सेतुको रुपमा म युरोपमा रहनुभएका गैरआवासीय नेपाली साथीहरुलाई नै मान्दछु । यस मानेमा पनि तपाईंहरु धन्यवादका पात्र हुनुहुन्छ, आदरणीय हुनुहुन्छ । अब म एकैछिन तपाईंहरुलाई हाम्रो आफ्नै मातृभूमी नेपालतर्फ लैजान चाहन्छु । हुन त आजको सुचना प्रविधिको युगमा मैले नेपालको एउटा कुनामा वसेर अर्को कुनाको हालखवर सुन्ने र तपाईंहरुले यहाँ वसेर सुन्ने एकैपटक हो, तैपनि आजको यत्रो जमघटमा मलाई एकैछिन आफ्नै परिवेशका बारेमा केही कूरा गर्न मन लाग्यो । लामो द्घन्द र द्घन्दमा लागेकाहरुलाई शान्तिपुर्ण तवरले लोकतान्त्रिक प्रकृयामा ल्याउने हाम्रो अथक र अनवरत प्रयास तथा समाजमा जरा गाडेर वसेको अलोकतान्त्रिक शक्तिहरुवाट छुट्कारा पाउँन गरिएका विभिन्न प्रकारका आन्दोलनको नेतृत्व गर्दै हामीले प्राप्त गरेका उपलव्धिहरुलाई तीनै तहका निर्वाचन मार्फत धेरै हद सम्म रक्षा गर्ने आधार बनाएका छौं । आजको हाम्रो आवस्यकता भर्खैरै देशले अंगिकार गरेको संघीयतामा आधारित लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्नु र संबिधानमा हामीले उल्लेख गरेका प्रावधानहरुको पूर्ण पालना गर्नु गराउनु नै हो । यो काम कम चुनौतीपूर्ण छैन र यस्को लागि म नेपाल वाहिर रहनु भएका मेरा गैरआवासीय नेपाली साथीहरुको सहयोगका लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।
देश लामो समय सम्म द्धन्द र आन्दोलनमा रह्यो । राणा शासन हटाउने देखि माओवादी शसस्त्र द्धन्दको अबतरण गराउँने सम्म नेतृत्व गरेका हामी अब सरकारमा को छ भन्ने नहेरी देशको आर्थिक र सामाजिक विकासमा होमिने बेला भएको छ । यसको लागि असाध्यै कमजोर रहेको हाम्रा आधारभूत संरचनाहरुको विकास, गुणस्तरीय शिक्षा र अपार सम्भावना बोकेको हाम्रो पर्यटन र जलस्रोतको विकास नै हो । आज म यो समारोहमा आइपुग्दा तपाईं साथीहरुले यीनै विषयलाई महत्व दिएर आफ्नो कार्यक्रमका मूख्य एजेण्डा वनाउनु भएकोमा म तपाईंहरुको देशप्रतीको प्रेम देखेर अत्यन्त खुशी भएको छु । गैरआवासीय नेपाली साथीहरुले नेपालमा गरेको करिब एक सय अर्व रुपैयाँको लगानीको लागि आभार व्यक्त गर्दै आगामी दिनमा म थप लगानीका लागि अनुरोध समेत गर्दछु । मैले माथि नै भने अबको नेपालको पहिलो आवस्यकता पूर्वाधार हो । सडक र विद्युत जस्ता अत्यावश्यक पुर्वाधार नभई अरु जे जति भए पनि जनताले विकासको अनुभव गर्न सक्दैनन्, न त अन्य उद्योग धन्दा फष्टाउन नै सक्छ । म आज यसै कार्यक्रम मार्फत यी क्षेत्रमा यहाँहरुको ठुलो लगानीको लागि अनुरोध गर्न चाहन्छु । यति मात्र नभई तपाईहरु युरोपका बिभिन्न ठुला लगानीकर्ता र नेपाली लगानीकर्ताहरुको वीचको पुल वनेर ठुलो रकम नेपालमा लगानी गराउने माध्यम बन्न सक्नुहुने कुरामा पनि म ढुक्क छु । यदि साच्चै नेपालको विकास गर्ने हो भने अहिले तत्काललाई नेपाललाई रेल र पानीजहाज होइन, नेपालभित्र “एक्सप्रेस वे” चाहिएको छ । त्यो पनि एक—दुइ वटा होइन, पाँच—छ वटा । नेपालको तिब्र विकास अब “एक्सप्रेस वे” बाट मात्रै संम्भव छ । राम्रो र गुणस्तरीय सडक पुर्वाधार नेपालको पहिलो तथा आधारभुत आवश्यकता हो । यो क्षेत्रमा अब तपाईंहरुको लगानी र सीप दुबैको आबस्यकता छ । आज हामी नेपालमा गैरआवासीय नेपाली साथीहरुको लगानीमा बैंक, एअरलाइन्स, होटेल, विद्युत, दुरसंचार आदी देखि रहेका छौं । अव यी क्षेत्र बाहेकका क्षेत्रमा पनि तपाईंहरुको लगानी आउँनेमा म विश्वस्त छु । पर्यटन हाम्रो मौलिक परिचय हो । पशुपतिनाथ, लुम्बिनी, जानकी मन्दिर र सगरमाथा लगायत अनगिन्ती यस्तै गन्तव्यहरु । नेपालका यी राष्ट्रिय धरोहरहरु हामी तीन करोड नेपालीको जीवनस्तर युरोप कै हाराहारीमा पुर्याउन पर्याप्त छन् ।
चाहिएको यी सबैको उचित व्यवस्थापन र विश्व पर्यटन वजारमा प्रचारप्रसार । यस्को लागि तपाईहरु भन्दा गतिलो र भरपर्दो दुत अरु को नै हुन सक्छ र रु तपाईंहरुले सुरु गर्नुभएको काठमाण्डौं एयरपोर्टको सफाईको काम देखि विश्व पर्यटन वजारमा नेपाललाई चिनाउँन विदेशमा रहेका हरेक नेपालीले कम्तीमा एकजना विदेशी नेपाल पठाउने ‘अतिथि देवो भवः’ जस्ता कार्यक्रमको म मुक्त कण्ठले प्रशंसा गर्दै यसको निरन्तरताको लागि यसै मन्चबाट अनुरोध समेत गर्न चाहन्छु । सन् २०२० मा नेपालमा मनाउँन लागिएको नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा तपाईहरुले विदेशमा धेरै कार्यक्रम गरी नेपालको उक्त कार्यक्रम सफल बनाउँनु हुनेछ भन्नेमा म ढुक्क छु । सन् २०१९ लाई तपाइहरुले नेपाल प्रबद्र्धन वर्षको रुपमा मनाउँने भनेको सुन्दा पनि म खुसि छु । तपाईहरु यस्तो देशहरूमा हुनुहुन्छ जहाँ जनतालाई केन्द्रमा राखेर शासन गरिन्छ, उनीहरुको आवस्यकताको ध्यान दिइन्छ, पारदर्शिता र सुशासन छ, राज्यले आफ्नो उत्तरदायित्व पुरा गर्छ र निष्ठामा आधारित राजनीतिक इमान्दारिता छ । यी सबै कुराको नेपालमा खाँचो छ । राजनीतिक इमान्दारिता, पारदर्शिता र पूर्ण लोकतन्त्रविना कुनै प्रकारको विकासको अवधारणाले काम गर्दैन । हामी यदा कदा डराएका छौं, हामी कतै फेरि राजनीतिक रुपमा पछाडि त फर्कंदै छैनौं रु कतै मानवअधिकार, प्रेश स्वन्त्रता, खुल्ला अर्थतन्त्रको बाटो छाड्दै त छैनौ रु म फेरि भन्छु, हामीले माथिका विश्व लोकतन्त्रका आधारका लागि आन्दोलन गर्ने दिन आयो भने आर्थिक रुपमा हामी कहिल्यै माथी उठ्न सक्दैनांै । तसर्थ म आज यसै मन्चबाट विश्वका बिभिन्न कुनामा रहनुभएका गैरआवासीय नेपाली साथीहरुलाई चनाखो हुँदै परेको बेलामा आफ्नो आबाज उठाइदिनुहुन अनुरोध गर्दछु ।मिडीया सन्चार वाट साभार