आफूमा सकारात्मक परिवर्तन यसरी ल्यानुहोस्

१८ श्रावण २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
28 Shares


बदलिँदो परिवेशमा विकासका लागि समय सापेक्ष रूपमा आफूमा पनि सकारात्मक परिवर्तन गर्नु जरूरी हन्छ । हाम्रो सफलतामा हाम्रो व्यक्तित्वको विकासमा निर्भर हुन्छ । त्यसैले बदलिँदो परिवेशमा आफ्नो व्यक्तित्वमा परिवर्तन ल्याउन जरूरी हुन्छ । सधैँ आफू भित्रको नराम्रो बानी त्यागी राम्रो बानी अपनाउनुहोस् । यो काम निकै गारो हुन्छ । त्यसैले यस कामका लागी उपयूत्त समय नयाँ वर्ष भन्दा अरू कुनै हुन सक्दैन ।

योगा र ध्यान गर्नाले हाम्रो स्वास्थ्यमा यस्तो परिवर्तन आजभोली शहरी इलाकामा बस्ने धेरै मानिसहरु मोटोपनाको शिकार भएको पाइन्छ । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ । योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सक्रिय र स्वस्थ मात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ । साथै एन्टी इन्फ्लेमेटरी जीन्सले क्यान्सरको जोखिमलाई पनि कम गर्छ । यो कुरा सुन्दा अलि अचम्मको जस्तो लागेपनि यो सहि हो ।

आउनुहोस् जानीराखौं, योगा र मेडिटेसनका केही यस्ता अदभुत फाइदाको बारेमा  क्यान्सरको जोखिम कम हुन्छ  विश्वमा अहिले मानव शरीरलाई बुझ्नको लागि नयाँ रिसर्चहरु भैरहन्छ । हालसालै गरिएको एक अध्ययनका अनुसार योगा र ध्यानले क्यान्सरको जोखिमलाई सजिलैसँग कम गर्न सकिने पत्ता लागेको छ । मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन् । ध्यान गर्ने मानिसहरुमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ । र, इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ । मानसिक स्वास्थ्य राम्रो हुन्छ  आजको दिनमा कैयौं मानिसहरु योगा र ध्यानको फाइदा उठाइरहेका छन् । र, यसको स्वास्थ्य फाइदाहरुमा रमाइरहेका छन् । यो कुरा धेरै कम मानिसहरुलाई मात्रै थाहा छ की यसको फाइदा हाम्रो शरीरमा मोलिक्युलर लेभलबाट हुन थाल्छ । अर्थात योगा र ध्यानले शरीरको जेनेटिक कोड पनि परिवर्तन गर्न सकिन्छ । यसको एक फाइदा मानसिक स्वास्थ्यमा सुधार पनि हो । ध्यान र योगाले स्मरणशक्ति तिक्ष्ण हुन्छ, तपाईं सहि किसिमले कुनै चीजमा केन्द्रित हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ ।

तनाव कम हुन्छ आजभोली हामीले कैयौं यस्ता रोगहरुको सामना गर्नुपरेको छ जसको बारेमा हामीले कहिल्यै पनि सुनेका थिएनौं । यसको सबैभन्दा ठूलो कारण हो हाम्रो जीवनशैली र चौबिसै घन्टा स्ट्रेसमा रहने दैनिकी । यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात यो एक यस्तो एन्टिडिप्रिसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ । ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ । खानपानमा सुधार  अध्ययनबाट योगा र मेडिटेसन प्राक्टिसले हाम्रो खानपानको बानी पनि सुधार्ने तथ्य पनि अगाडि आएको छ । नियमित योगा गर्ने बानीले हाम्रो रुची स्वस्थ खानाको तर्फ बढ्न लाग्छ ।आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास पनि बढ्छ र आफ्नो शरीरको ख्याल राख्ने इच्छा पनि बढ्छ । शरीरको लचकता बढ्छबाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौं रोगहरुबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाईहरु सुरु हुन्छन् ।हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन । तर, यदि थोरै समय मिलाए। हामीले आफ्नो शरीरमा ध्यान दिने हो भने यसको फाइदा हामीलाई नै हुन्छ ।दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन बरु कार्यालयको काम गर्ने उत्साह र जाँगर पनि बढ्छ । हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ  के तपाइँ मान्छेको अगाडी बोल्न डराउनु हुन्छ रु यस्ता छन् आत्मविश्वास जगाउने ३ सूत्र  कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाइले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ ।  यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफूमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण समेत गरिसकेको छ ।  लेखकद्वय क्याटी केय तथा क्लेयर सिपम्यानद्वारा लिखित “द कन्फिडेन्स कोड” नामक किताबमा मानिसहरुले आत्मविश्वास कसरी बढाउन सक्छन् भनेर गरेको खोजीको व्याख्या गरिएको छ । उनीहरुको अनुसन्धानअुनसार आत्मविश्वास इच्छिक हुने गरेको वा हाम्रो इच्छामा भर पर्ने देखियो । हाम्रो अथक प्रयासले हामीले हाम्रो आत्मविश्वास बढाउन सक्छौँ । तर यो दौरानमा हामी पूरा सिद्ध वा पर्फेक्ट बन्ने प्रयासबाट आफूलाई जोगाउनुपर्छ र ठक्कर खानका लागि पनि तयार रहनुपर्छ । यसका लागि त्रुटिपूर्ण नै सही, तर केही कदम लिनुहोस् । असफल बन्नुहोस् । त्यो असफलताले सिकाएको पाठबाट फेरी अर्को कदम लिनुहोस् । आफूलाई विश्वास नबढेसम्म र आफूप्रति गर्व राख्न नसकुञ्जेलसम्म यही विधि दोहोर्याउनुहोस् । आत्मविश्वास जगाउने केही सूत्रहरु यसप्रकार छन् ।

 आत्मविश्वासी मानिसहरुको वरिपरि रहने गर्नुहोस् ।  एण्जेला डकवर्थका अत्यधिक विक्रि भएको किताब ग्रिटमा व्याख्या गरिएअनुसार आफूलाई चाहिने कुनै पनि बानी वा गुणको विकास गर्नका लागि त्यस्तै बानी वा गुण भएका मानिसहरुको संगत गर्नुपर्छ । कुनै समूहमा आफूलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्तिशाली कुरा हो । मनोविज्ञानमा आधारित अनुसन्धान अनुसार पनि कोही पनि व्यक्तिले आफूभन्दा भिन्दै तरिकाले सोच्ने वा काम गर्ने समूहबाट थाहै नपाई तुरुन्तै ती बानीव्यवहार टिपिसकेका हुन्छन् । यसकारण आत्मविश्वासिलो हुन सकिरहुनभएको छैन भने आत्मविश्वासिला मानिसहरुको संगतमा बस्ने गर्नुहोस् । यसो गर्दा तपाईँले उनीहरु सफल हुन प्रयोग गर्ने विचारको अनुसरण गर्ने मात्र होइन, उनीहरु सरह उनीहरुको बानी पनि सिक्नुहुनेछ । यस्ता मानिसहरु सकारात्मक हुने र अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा आफूमा पटक्कै विश्वास जगाउन नसकेका मानिसहरुले पनि उनीहरुको साथले धेरै कुरा सिक्न सक्नेछन् र आत्मविश्वासी बन्दै जान सक्छन् ।

निरन्तर मिहिनेत गर्नुहोस् । सफल उद्यमी, नेता, कलाकार वा प्रस्तोता जो भएपनि उनीहरु आत्मविश्वासी र सफल हुनुको कारण भनेकै उनीहरु निरन्तर आफ्नो कार्यमा लागिपर्छन् । आफ्नो सीप सुधारका लागि उनीहरु रातदिन निरन्तर मिहिनेत गर्छन् । मञ्चमा धमाका मच्चाउने कलाकार होस् वा खेलमैदानमा जादु देखाउने खेलाडी वा करौँडौ कमाउने उद्यमी नै किन नुहन् उनीहरु यसै सफल भएका हुँदैनन् । उनीहरु आफ्नो कार्यमा सिपालु हुनुमा उनीहरुले मिहिनेतमै कैयौँ समय बिताएका हुन्छन् । उनीहरु यसै नामी भएका पक्कै होइनन् । आफ्नो सन्तुष्टि हुने गरी काम गर्ने ताकत आफूमा भएपछि मात्र आफूमा आत्मविश्वास बढ्ने हो । आफूमा कुशलता नल्याइकनै सोचेरै मात्र आत्मविश्वासीलो बन्न सकिन्न । योजनाबद्ध कार्य गर्नाले मात्र यसको प्रतिफल आउँछ । याद राख्नुहोस् है व्यस्त हुनु मात्र मिहिनेत गर्नु होइन, आफूले गरेको कामको प्रतिफल मापन गर्न पनि सक्नुपर्छ ।समाजशास्त्री डान च्यामब्लिसले ओलम्पिक पौडीबाजहरुमा गरेको अध्ययनले पनि के देखाएको थियो भने, उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शनमा खेलाडीहरुले सानोभन्दा सानो कुरालाई पनि मध्यनजर गरेको पाइयो । उनीहरुले आफ्नो कामको सुष्म गतिविधिलाई पनि केलाएर त्यसमा सुधार ल्याउन दिनरात खट्ने गरेको पाइयो । यसकारण उनीहरुको कार्यशैलीलाई चमात्कारिक वा इश्वरीय मान्न पर्दैन, यो त उत्कृष्टताको लागि उनीहरुको लगनशीलताको फल हो । जब उत्कृष्ट गर्नुपर्ने बानी पर्छ, तब तपाईँ आफै आत्मविश्वासिलो बन्नुहुनेछ । यो बानी विकास गर्नका लागि एक मात्र उपाय भनेको आफ्नो कार्यमा निरन्तर लागिपर्ने हो ।

कुनै कार्यको महाहस्ती बन्न चाहनुहुन्छ भने असफलतासँग नडराउनुहोस् । कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाईले ठक्कर अवश्य पनि खानुहुनेछ । असफल हुन कोही पनि चाहन्नन् तर सफल हुनका लागि असफलतासँग डराउन हुन्न । असफलताले नै सफलताको रहस्य खुलाउँछ र सफलताले नै आत्मविश्वास बढाउँछ । तपाई जति असफल हुनुभयो, त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्नुहुनेछ ।के गर्दा काम बन्छ र के गर्दा बन्दैन भनेर जान्नुहुन्छ । उत्कृष्टता हासिल गर्ने तरिका जति बढी थाहा पाउनुहुन्छ, उति नै तपाईँको ज्ञान बढ्दै जान्छ र यसले तपाईँमा आत्मविश्वास बढ्छ । जति धेरै प्रगति गर्दै जानुहुन्छ, उति नै तपाईँको आफूमाथिको विश्वास कसैले पनि तोड्न सक्दैन ।१८ पटक सर्वोकृष्ट लेखक बनेका सेठ गोडिनले सर्वोत्कृष्ट किताबहरु निकाल्नुअघि १० वर्ष बुक प्याकेजरको रुपमा काम गरे, हरेक महिना एउटा किताब निकाले, १ सय २० वटा किताब निकाले जसमा धेरैजसो किताबले राम्रो बजार पाउन सकेन ।यसले उनलाई पाठकमाझ कस्तो किताब लाने भन्नेबारे धेरै कुरा सिकाउन मद्दत गर्यो । त्यस्तै, जेम्स डाइसनले खर्बौ डलर लगानीको भ्याकुम कम्पनी सञ्चालनमा ल्याउनुअघि १५ वर्षसम्म उनले ५ हजार नमुनामा काम गरेका थिए ।उनका अनुसार हरेक असफलताले उनलाई समाधानको नजिक पुर्याउँदै लग्यो ।आफू जस्तो स्थानमा भएपनि तपाईँ आत्मविश्वासी बन्न सक्नुहुनेछ । यसमा आफुमा उत्कृष्ट हुनका लागि आफूमा विकास गर्नुपर्ने कार्यक्षमताको पहिचान गर्न सक्नुपर्छ । त्यसपछि यसका लागि आवश्यक कार्य निरन्तर निर्वाह गर्नुपर्छ । आफुमा सिपको विकास हुँदै गएपछि, तपार्इँको आत्मविश्वास पनि बढ्दै जान्छ र सफल मानिसको रुपमा तपाईँले अरुमा प्रभाव पार्न सक्नुहुनेछ ।

आत्मविश्वास बढाउने ७ सूत्रआत्मविश्वास यस्तो क्षमता हो, जसले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्नको लागि प्रेरणा प्रदान गर्छ । संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतापछि आत्मविश्वासको ठूलो भूमिका छ । उनीहरूले आफैँमाथि विश्वास र ठूला–ठूला निर्णय गरेर जीवनलाई सफल बनाए । यदि तपार्इंमा पनि आत्मविश्वास छ भने मान्नुस्, सफलता धेरै टाढा छैन । यी हुन्, आत्मविश्वासी बन्न सघाउ पुर्‍याउने केही टिप्सस्भित्रैको डर निकाल्नुस्आत्मविश्वास भन्ने कुरा कसैले फिट गर्दिने होइन । आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । जसका लागि आफ्नो क्षमताको पहिचान गर्न जरुरी छ । आत्मविश्वास बढाउनका लागि आफैँप्रति विश्वास गर्न आवश्यक छ । कुनै व्यक्तिलाई हेरेर मात्र आत्मविश्वास बढ्दैन । त्यसैले आत्मविश्वासका लागि आफैँ तयार हुन प्रयोग गर्नुस् ।कसैसँग भेट्दाकुनै पनि विधामा सफल हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यो हुन्छ कि, तपार्इंभित्रको आत्मविश्वास । जुनसुकै क्षेत्रका चर्चित व्यक्तिका कथा सुनेपछि तपाईलाई यसको अनुभूति हुन्छ । त्यसैले तपाईंले कसैलाई भेट्दै हुनुहुन्छ भने पहिला आफूभित्रको डर हटाउनुपर्छ र निर्धक्कसँग कुरा गर्नुपर्छ । जसले तपार्इंलाई आत्मविश्वासी बन्न प्रेरणा प्रदान गर्छ । काममा विश्वासचाहे तपाईले जुनसुकै काम गर्नुस्, तर विश्वास साथ गर्नुस् । या कुनै कामको सुरुवात गर्दै हुनुहुन्छ भने पनि त्यसप्रति पूर्ण विश्वस्त हुनुस् । सामान्य जीवनशैली र बोल्ने तौर तरिकाले पनि आत्मविश्वास बढाउनको लागि ठूलो भूमिका निर्वाह गर्छ । खाना पकाउने, कुनै व्यक्तिसँग भेट्ने गर्दाका गतिविधिमा समेत आत्मविश्वासको साथ प्रस्तुत हुन जरुरी छ । डाइट एन्ड फिटनेस  फिटनेस, स्टाइल, डाइटलगायतका कुराले पनि आत्मविश्वासमा भूमिका निर्वाह गर्छ । आत्मविश्वास बढाउनका लागि ड्रेसअप र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । सफल व्यक्तिको जीवनलाई हेर्दा पनि उनीहरूको जीवन सफल हुनुमा यसका भूमिका हुन्छन् ।सिक्ने इच्छाशक्तिनयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । त्यसैले आफूभित्रको सिक्ने इच्छाशक्तिलाई कहिल्यै मर्न दिनुहुँदैन । यस्तो बानीले बिस्तारै आत्मविश्वासलाई बढाउँदै लैजान्छ ।सकारात्मक सोच  सकारात्मक सोचले जीवनको कैयौँ काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, नकारात्मक सोचले स्वयम्लाई ध्वस्त बनाउँछ । हाम्रो सोचले नै सफलताको सम्भावना निर्धारण गर्छ । नकारात्मक घटना या सोचलाई सकारात्मक रूप दिँदा त्यसले पार्ने प्रभावलाई विचार गर्न आवश्यक हुन्छ । तपाईंको आचरणले नै आत्मविश्वास बढाउन भूमिका खेल्छ ।  स्माइलिङ भनिन्छ, प्रेमको सुरुवात मुस्कानबाट हुन्छ । तपार्इंको अनुहारमा भएको मुस्कान या चमकले अरू मानिसलाई पनि आकर्षित गर्न सक्छ । यस्तो बानीले आत्मविश्वासलाई बढोत्तरी गर्नुका साथै सफलता हासिल गर्नको लगि मद्दत गर्छ ।  नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही