अमेरीकाको टेक्सासमा गोली प्रहार, करीव १५ मृत्यु,दर्जनौं घाइते, संदिग्ध आक्रमणकारी पक्राउ

प्रकाशित मिति:

टेक्सास,अमेरिका,अगष्ट ३ । यहाँको एल पासो शहरको एक व्यस्त व्यापारिक केन्द्र वालमार्टमा आज गोली प्रहार भएको छ । गोली प्रहारको यो घटनामा कम्तीमा पनि १५ जनाको मृत्यु भएको अमेरिकी संचार माध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गोली प्रहारको यो घटनामा अन्य २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको घटनास्थल नजिकको अस्पतालमा उपचार भैरहेको छ । यता सीएनएनले भने मृतकहरुको संख्या उल्लेख नगरी कैयौं जना मारिएको र गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको उल्लेख गरेको छ । अमेरिका र मेक्सिको सीमा क्षेत्र नजिकको एल पासो शहरको यो व्यापारिक केन्द्रमा स्थानीय समय अनुसार आज बिहान करीब ११ बजे गोली प्रहारको घटना भएको थियो ।

यसैबीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार, आलेन,टेक्सासमा बस्ने २१ वर्षीय प्याट्रिक क्रुसियस नामक श्वेत वर्णका अमेरिकी युवाले यो गोलीकाण्ड मच्चाएको भन्दै उनलाई पक्राउ गरिएको छ । गोलीप्रहारको यो घटना बारे थप अनुसन्धान भैरहेको सुरक्षा अधिकारीहरुको भनाई छ । घटनाको अमेरिकी राष्ट्रपति,टेक्सास राज्यका गभर्नर,एल पासो शहरका मेयरलगायतले कडा निन्दा र भर्त्सना गरेका छन् ।यता सीएनएनले भने मृतकहरुको संख्या उल्लेख नगरी कैयौं जना मारिएको र गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको उल्लेख गरेको छ । अमेरिका र मेक्सिको सीमा क्षेत्र नजिकको एल पासो शहरको यो व्यापारिक केन्द्रमा स्थानीय समय अनुसार आज बिहान करीब ११ बजे गोली प्रहारको घटना भएको थियो । यसैबीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार, आलेन,टेक्सासमा बस्ने २१ वर्षीय प्याट्रिक क्रुसियस नामक श्वेत वर्णका अमेरिकी युवाले यो गोलीकाण्ड मच्चाएको भन्दै उनलाई पक्राउ गरिएको छ । गोलीप्रहारको यो घटना बारे थप अनुसन्धान भैरहेको सुरक्षा अधिकारीहरुको भनाई छ । घटनाको अमेरिकी राष्ट्रपति,टेक्सास राज्यका गभर्नर,एल पासो शहरका मेयरलगायतले कडा निन्दा र भर्त्सना गरेका छन् ।