उच्च शिक्षा हासिल गरेका १३ विद्यार्थी तामाङ सोसाइटी अफ न्युयोर्कबाट सम्मानित

प्रकाशित मिति:

न्युयोर्क । उच्च शिक्षालाई प्रोत्साहन गर्दै तामाङ सोसाइटी अफ न्युयोर्कले सन् २०१९ मा विभिन्न तह र विषयमा उच्च शिक्षा हासिल गरेका तामाङ विद्यार्थीहरुलाई सम्मान गर्‍यो । संस्थाको पहिलो वार्षिक साधारण सभाको अवसर पारेर मास्टर्स तह पूरा गर्ने तीन जना, ब्याचलर तहका चार जना र एसोसिएट तहबाट छ जना गरी १३ जना न्युयोर्क राज्यबाट शिक्षा हासिल गरेका विद्यार्थी सम्मानित भएको सोसाइटीले जनाएको छ । सम्मानित भएका विद्यार्थीहरुमा मोनरोय कलेजबाट मास्टर्स डिग्री गर्नेहरु दीपेन्द्र लामा, बविता तामाङ, कामी याङ्जेन लामा रहेका छन् ।

यसैगरी ब्याचलर्स डिग्री पुरा गरेका सिटी कलेजका रोज लामा, हन्टर कलेजका पासाङ पाख्रिन्, बोरुघ कलेजका निरु योन्जन र सुनिता तामाङ ९गुरुङ० रहेका छन् । लग्वार्डिया कम्युनिटी कलेजबाट एसोसिएट डिग्री पूरा गरेका बिध्यार्थीहरुमा फुर्वा लामा, याङ्चेन लामा, नूरी लामा, पूजा लामा, अन्जना योन्जन र सुरेश बम्जन रहेका छन् । सोही कार्यक्रममा प्राध्यापकद्वय क्याथरिन मार्च र डेविड होल्मवर्ग र आइटी इन्जिनियर बिग योन्जनबाट विद्यार्थीहरुलाई क्यारिअर काउन्सिलिङ समेत गरिएको थियो । उक्त कार्यक्रमलाई छिरिङ योन्जनले संचालन गरेका थिए ।सोसाइटीको पहिलो बार्षिक साधारण सभा गत महिनाको २० तारिक ज्याक्सन हाईटस्थित एल्महर्स्ट अस्पतालको अडिटोरियम हलमा भएको थियो । वार्षिक साधारण सभामा गत वर्षका कार्यक्रम तथा खर्च माथि छलफल तथा आगामी बर्षका कार्यक्रम र त्यसका लागि आवश्यक बजेट तर्जुमा सम्बन्धमा छलफल गरी पारित गरिएको थियो । सोसाइटीका अध्यक्ष गोमा योन्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी उत्तर अमेरिका तामाङ समाजका अध्यक्ष लक्यान लामा रहेका थिए । प्रथम साधारण सभा संयोजक लाल तामाङ पाख्रिनद्वारा संचालित उदघाटन सत्रमा सह(कोषाध्यक्ष माया योन्जनले स्वागत मन्तब्य राखेकी थिइन् । उत्तर अमेरिका तामाङ समाजका अध्यक्ष लक्यान लामा, उपाध्यक्ष मोहन वाईबा, पूर्व अध्यक्षहरु भरत मोक्तान, सूर्य पाख्रिन, राम पाख्रिन र सुवास लामाले शुभकामना मन्तब्य दिएका थिए ।