२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

१९ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
36 Shares


कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ ।उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न पाए । किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो ।

मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो जिवनकालमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहिन् । उनले २ सय जनाभन्दा धेरै पुरुषसँग डेट गरिसकेकी छिन् । तरपनि उनले मन खाएको भेट्न सकिनन् । यतिधेरै सँग सम्बन्ध राख्दा समेत चित्त बुझ्दो नपाएपछि उनले आफ्नै कुकुरसँग बिहे गरेकी हुन् । रोचक त के भने कुकुरसँग बिहे गर्नुअघि अविवाहित नै रहेकी एलिजाबेथको एकजना ब्वायफ्रेण्डसँगबाट एउटा छोरा पनि छ । उक्त छोराको उमेर नै २५ वर्ष पुगिसकेको छ । अब आफूलाई कुनै पनि पुरुषको आवश्यकता नरहेको भन्दै उनले कुकुरसँग बाँकी जिवन बिताउने बताएकी छिन् । द मर्निङ्गले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एलिजाबेथको बिहेको भिडियो शेयर गरेको छ । जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही