लोक दोहोरी प्रतिष्ठानको समन्यवमा बिबादित गीतको पोष्टर सच्चाइयो

प्रकाशित मिति:

काठमाडौँ –केहि दिन अगाडी सार्वजनिक गरीएको गीत “शिरैमा गम्छा”को फोटो फिचरमा प्रयोग गरीएका शब्द माथी गायिका जुना श्रीस मगरले सार्वजनिक रुपमै आपत्ती प्रकट गरेपछि त्यसलाई सच्चाईएको छ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको समन्वयमा शनिबार बिहान गायक रिजन थापा मगर गायिका जुना श्रीस मगर सर्जक याम थापा मगर र मोडल प्रकाश सापकोटा सहित प्रतिष्ठानको तर्फबाट केन्द्रिय महासचिव सुवास केसी र उपत्यका समन्यव समितिका अध्यक्ष पिएन सापकोटाको उपस्थितिमा सच्चाउने सहमति भएको हो।बिबादमा परेको तीज गीत “शिरैमा गम्छा” को फोटो फिचरमा प्रयोग भएको शब्द अन्जानमा गल्ती भएको भन्दै यू टवुब संचालक द्वय प्रकाश सापकोटा र रिजन थापाले सार्वजनिक रुपमा क्षमा माग्दै आगामी दिनमा यस्तो गल्ती नगर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।पछिल्लो समय लोक दोहोरी प्रतिष्ठान बिबादमा आएका गीत प्रति निगरानी राख्न थालेसंगै नेपाली लोक दोहोरीमा आएको बिकृति रोकिन थालेको छ।