भर्माचौर झोलुङ्गे पुल मर्मतका लागि आर्थिक सहयोग जुटाउदै ।

१९ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
30 Shares


कौरव खत्री गुल्मी १८ साउन । गुल्मी र बाग्लुङ्ग जोड्ने भर्माचौर झोलुङ्गे पुल मर्मत संम्भारका लागि आर्थिक सहयोग जुटदै गएको छ । गुल्मीको मुसिकोट नगरपालिका १ भर्माचौर र बडिगाड गाँउपालिका ५ खौलार बाग्लुङ्ग जोड्ने भर्माचौर झोलुङ्गे पुलको गुल्मी तर्फको पुलको जिप भकारी अर्थात वाल भत्केपछि त्यसको मर्मत संम्भारका लागि गत विहिवारदेखि सहयोग अभियान सुरु गरिएको थियो ।

साथै उक्क्त झोलुङ्गे पुल मर्मत संम्भारका लागि अभियानबाट आजसम्म स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट करिव ८० हजार रकम संकलन जुटेको युवा समाजसेवी दिननाथ पौड्यालले जानकारी दिए ।साथै उक्क्त पुलको वाल भत्केपछि स्थानीयवासीहरुलाई आफ्नो दैनिकी कामकाज र स–साना बालवालिकाहरुलाई आवात जावतमा समेत कठिनाई भएको छ । पुल मर्मत संम्भारको लागि आफूसक्दो आर्थिक सहयोग गरिदिन समेत समाजसेवी पौड्यालले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया