युवा नेता कंडेलद्धारा सिर्जनशिल युवा क्लवलाई खेलकुदका सामग्री हस्तान्तरण

१९ श्रावण २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
59 Shares


कौरव खत्री  गुल्मी १९ साउन ।। गुल्मीको एक क्लवलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । सत्यवति गाँउपालिका ५ हसरामा रहेको सिर्जनशिल युवा क्लवको लागि नेपाली काँग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य योगराज कंडेलले भलिवल तथा फुटवल र ब्याडमिन्टन लगायत सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । खेलकुद सामाग्रीमा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पूर्व पार्टी सभापति चन्द्र बहादुर केसीले खेलकुदले मानिसको जीवनलाई अनुशासित बनाउने औजार भएको बताए ।

साथै खेलकुदले समग्र जीवन पद्धतिको वृद्धि विकास गराउने हुदा खेलकुदबाटै यस क्षेत्रको परिचय दिने गरि खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई आग्रह गरे । साथै सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य तथा हेलिकप्टर एसोसियसन अफ नेपालका महासचिव योगराज कंडेलले खेलकुदको माध्यमले अनुशासन र स्वास्थ्यका लागि समेत राम्रो हुने भएको यो सहयोग सुरुवात मात्र भएको भन्दै भावी दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता जनाउदै क्लवले समाजमा रचनात्मक कार्यमा जोड दिनु पर्ने बताए ।

अवसरमा नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्र्पक समितिका उपाध्यक्ष कृष्ण खरेल,सचिव गोविन्द्र गौतम,समितिका सदस्य अमृत ज्ञवाली, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तेज बहादुर महत, पत्रकार कौरव खत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सिर्जनशिल युवा क्लव सत्यवति गाँउपालिका ५ हसरा गुल्मीका अध्यक्ष गोकुल ज्ञवालीको अध्यक्षता क्लवका पूर्व अध्यक्ष प्रेम भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी बिष्णु प्रसाद भण्डारीले गरेका थिए । उक्क्त क्लव २०६१ सालमा स्थापना भई सामाजिक कार्यहरु गदै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही