नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, गगन थापा लगायतका नेताहरु स्याङ्जा आउने

प्रकाशित मिति:

स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जाका जिल्ला सभापति तथा संबिधानसभा सदस्य,स्याङ्जाका लोकप्रिय नेता स्व कमलप्रसाद पंगेनीको प्रथम स्मृति दिवसमा उहाँको स्मृतिमा नेपाली काँग्रेस स्याङ्जाले प्रकाशन गरेको स्मृति ग्रन्थ कमल पंगेनी स्मारिकाको विमोचन तथा स्व।कमलप्रसाद पंगेनीको सालिक शिलान्यास कार्यक्रममा भोली सोमवार नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री आदरणीय नेता शेरबहादुर देउवा ,नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री युवा नेता गगन थापा लगायत अन्य केन्द्रीय नेताहरुको स्याङ्जा आउने कार्यक्रम तय भएको छ । नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष, तथा प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल ले कार्यक्रमा उपस्थीतीका लागी सवैलाई अनुरोध गर्नु भएको छ ।