बन्दीपुरमा भएको बस दुर्घटनामा परी १९ घाइते, २ को अवस्था गम्भीर

प्रकाशित मिति:

चितवन – तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार बिहान भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस अनियन्त्रित हुदाँ दुर्घटनामा परी बसमा सवार ३३ जना यात्रु मध्ये १९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते २ जनाको अवस्था गम्भीर रहेको र अर्काे एक जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी बताएको छ । । दुर्घटनामा परेका अन्य १८ जना घाइतेको भने लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको छ । चालकलाई नियन्त्रणमालिई थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।